सउल महानगरपालीका ले विदेशी नागरिकलाई राहत बाडने,के नेपाली ले पाउलान त ?

कोरिया समाचार

सोल

दक्षिण कोरियाको राजधानी सोल स्थित स्थानिय सरकारले आप्रवासी नागरिकलाई समेत प्रकोप राहत कोषबाट सहयोग गर्ने भएको छ ।

पछिल्लो समयमा कोरोना महामारीका कारण पिडामा परेका आप्रवासीहरुलाई साहायता गर्ने उद्देश्यले उक्त निर्णय लिइएको सोल महानगरिय सरकारले बताएको छ ।

करिव १६ लाख घरपरिवार रहेको सोल महानगरले विपद ब्यवस्थापनका लागि भन्दै गत मार्चमा ४५७ मिलियन डलर बराबरको विपद व्यवस्थापन कोष खडा गरेको थियो ।

सोलको औषत आमदानी भन्दा कम आमदानी गर्नेहरुका लागि उक्त कोषबाट राहत सहयोग उपलब्ध गराइने महानगर सरकारले बताएको छ । उक्त कोषबाट अघिल्लो पटक शरणार्थि तथा बिवाह गरि आएका बाहेक अन्यले साहायता पाउन सकेका थिएनन् ।

जुन महिनामा मानव अधिकार आयोगले आप्रवासी नागरिकहरुलाई विभेद गरेको र त्यसो नगर्न सुझाव दिएको थियो सोही सुझाव कार्यान्वयन गर्दै महानगरले निश्चित शर्तहरु राखेर आप्रवासीहरुलाई पनि साहायता उपलब्ध गराउने भएको हो ।

आप्रवासी नागरिकहरुले आगामी अगष्ट ३१ बाट उक्त सहयोगका लागि आवेदन दिन सक्ने छन् । आवेदनका लागि अगष्ट २७ सम्ममा ९ ० दिन कोरिया बसेको हुन पर्ने छ भने रोजगार तथा नाफामुलक ब्यवसाय गर्ने अनुमति प्राप्त राहादानी हुन पर्ने छ । विद्यार्थि तथा गैरकानुनि कामदारले उक्त योजनामा भाग लिन पाउने छैनन् ।

सरकारले साहायता रकम समेत स्पष्ट तोकेको छ । एक जना मात्र भए २.९९ मिलियन वोन , २ जना भए ३.८७ मिलियन वोन , ३ जना भए ५.६३ मिलियन वोन , ४ सदसीय परिवारलाई ४.७५ मिलियन वोन प्रदान गरिने छ ।

त्यस्तै ५ सदसीय परिवारलाई ५.६३ मिलियन वोन , ६ सदसीय परिवारलाई ६.५१ मिलियन र ७ अथवा ७ भन्दा बढी सदस्य भएको परिवारलाई ७.३ ९ मिलियन डलर सहयता गर्ने जनाएको छ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *