दक्षिण कोरियामा शक्तिशाली आँधीले हवाई तथा रेल सेवा बन्द

कोरिया समाचार

सोल

दक्षिण कोरियाको दक्षिणी क्षेत्रले बुधबार शक्तिशाली समुद्री आँधी ‘ताईफून बाभी’ को सामना गर्नु परेको छ ।

राजधानी सोलबाट करिव २०० किलोमिटर दक्षिणमा आइपुगेको उक्त आँधी २२ किलोमिटर प्रति घण्टाको गतिमा आएको छ भने सो सामुद्री आँधीले १६२ किलोमिटर प्रतिघण्टाको हावा हुरी समेत ल्याएको थियो ।

दक्षिण कोरियाको जल तथा मौसम विज्ञान विभागका अनुसार यो समुद्री आँधी दक्षिण कोरियाले सामना गरेको यस बर्षकै ठूलो सामुद्री आँधी हो । ताईवानको सामुद्री क्षेत्रबाट सुरु भएको उक्त आँधी दक्षिण कोरियाले सामना गरेको यस बर्षको आठौँ सामुद्री आँधी हो ।

करिव २०० किलोमिटर प्रति घण्टाको गतिमा आएको उक्त आँधीलाई विभागले ‘अति शक्तिशाली’ आँधीको रुपमा वर्गीकरण गरेको छ । विभागले उक्त आँधीले मानिसलाई समेत उडाएर लैजान सक्ने चेतावनी समेत दिएको छ । त्यस्तै उक्त आँधीले नयाँ रेकर्ड समेत राख्न सक्ने बताएको छ ।

आँधीकै कारण छेजु अन्तराष्ट्रिय विमानस्थलबाट हुने ३३० बढी उडान र अवतरण विहिबार दिउसो ३ बजेसम्म बन्द गरिएका छन् । अवस्था हेरेर उक्त समय थप हुन सकिने बिमानस्थल प्रशाशनले जनाएको छ ।

ग्योङसाङमा रहेको गिम्हे अन्तराष्ट्रिय विमानस्थलले समेत आफ्ना ५४ वटा उडान र अवतरण बन्द गरेको छ । आँधीकै कारण कतिपय राजमार्गहरु समेत बन्द गरिएको सरकारी अधिकारीले बताएका छन् ।

आँधी प्रभावित क्षेत्रका रेल सेवा बन्द गरिएका छन् भने जल यातायात तथा ढुवानी सेवा समेत बन्द गरिएका छन् ।

सन् २०१३ पछिकै शक्तिशालि भनेर अनुमान गरिएको उक्त आँधीबाट मानवीय क्षति कम गर्न सरकारले सम्पुर्ण नागरिकलाई घर भित्रै बस्न आह्वान गरेको छ । हाल भौतिक क्षतिका प्रसस्त समाचार आइरहेका बताउदै सरकारले मानवीय क्षति रोक्न नागरिकलाई आग्रह समेत गरेको छ ।

ताइफून बाभी र यसका चुनौति र समाधान विषयमा प्रधानमन्त्री चुङ सेई क्युनले विपद व्यवस्थापन समितिको आकस्मिक बैठक समेत राखेका छन् ।hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *