कोरियामा आन्दोलनरत चिकित्सकहरु विरुद्ध सरकार आक्रामक, पक्राउ गरि ३ बर्ष जेल संजाय हुने

कोरिया समाचार

सोल

दक्षिण कोरियामा देशभर आन्दोलन गरिरहेका डक्टरहरुलाई सरकारले निरन्तर काममा फर्किन भनिरहेको छ ।

स्वास्थ्यकर्मीहरु भने सरकारको स्वास्थ्य नितिप्रति असन्तुष्टी जनाउदै देशभर काम ठप्प पारेर आन्दोलन गरिरहेका छन् । सरकारी निर्देशनको अवज्ञा गरेको भन्दै सरकार भने उनीहरु विरुद्ध आक्रामक हुने बताएको छ ।

सरकारले काममा नफर्किने डक्टरहरुलाई ‘ब्याक टु वर्क’को निर्देशन दिईसकेको तथा सरकारी निर्देशन अबज्ञा गर्नेलाई पक्राउ गरिने समेत सरकारले स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनकल्याण मन्त्रालयले एक सुचना जारी गर्दै आन्दोलनरत डक्टरहरुलाई ३ बर्ष जेल देखि ३० मिलियन वन जरिवाना सम्म कारवाही गरिने बताएको छ ।

हाल सरकारी टोलीले अस्पतालहरुको निरन्तर अनुगमन गरिरहेको समेत मन्त्रालयले बताएको छ । अनुगमनका क्रममा २० वटा अस्पतालबाट ३५८ जना डक्टरहरु काममा अनुपस्थित रहेको समेत मन्त्रालयले जनाएको छ ।

हाल सरकारले अस्पतालबाट अनुपस्थित डक्टरहरुको विवरण सङ्कलन गरिरहेको र उनीहरुलाई कानुनी कारवाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

हालको विषम परिस्थितिमा गैर जिम्मेवारपुर्ण तरिकाले डक्टर तथा उनीहरुको ट्रेड संगठनले गरिरहेको आन्दोलनको मन्त्रालयले भ्रतासना समेत गरेको छ ।

मन्त्रालयले कोरोना माहामारी फैलिरहेका कारण हालको प्राथमिकता कोरोना विरुद्ध रहनुपर्ने र अन्य विषयमा संक्रमण नियन्त्रणमा आए पश्चात छलफल गर्न सकिने भन्दै सरकारले उनीहरुलाई आन्दोलन फिर्ता लिन भनेको हो ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *