उत्तर कोरियाले कोरोना सङ्क्रमणको तथ्याङ्क लुकाएको आरोप !

कोरिया समाचार

सोल

उत्तर कोरियाले आफ्नो देशमा कोरोना संक्रमणको स्थितिबारे विश्व स्वास्थ्य संगठनसँग कुनै सम्पर्क नगरेको डब्लुएचओले बताएको छ ।

उत्तर कोरियाले हालसम्म पनि शुन्य नै बताइरहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।उत्तर कोरियाले पछिल्लो पटक विश्व स्वास्थ्य संगठनलाई दिएको जानकारी अनुसार उसले अगष्ट २० तारिख सम्म २,७६७ जनाको कोरोना परिक्षण गरेको छ ।

परिक्षण गरिएका सबैमा संक्रमण नभएको बताएको छ । डब्लुएचओले भने दक्षिण बाट भागेर उत्तर कोरिया आएका सम्भावित संक्रमितको अवस्था बारे समेत उत्तर मौन बसेको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघका उत्तर कोरिया प्रतिनिधि एड्वीन साल्भाडोरले उत्तर कोरियाले आवश्यक रुपमा सुचना उपलब्ध नगराएको बताएका छन् । पछिल्लो सुचना अनुसार १००४ उत्तर कोरियाली नागरिक तथा ८३२ विदेशी नागरिकहरु क्वारेन्टाइनमा राखिएका थिए तर उत्तर कोरियाले ति नागरिहरुको बारेमा पनि केही बोलेको छैन ।

हाल उत्तर कोरियाले आफ्ना सम्पूर्ण सीमा नाकाहरु बन्द गरेको छ । पछिल्लो पटक उत्तर कोरियामा २५००० परिक्षण किटहरु आइपुगेको तथा सिमित अक्सिजन र अन्य स्वास्थ्य उपकरण आएको बताउदै उनले त्यसपछिका कुनै पनि गतिविधिहरुको जानकारी उत्तर कोरियाले नगराएको उनले बताएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *