कोरियाको अस्पतालबाट नेपाली चेलीको विलौना,मलाई बचाईदिनुहोस!

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सउल

ईपिएस मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएकी नेपाली चेली कोरियाको अस्पतालबाट जिवन बचाईदिन अनुरोध गरेकी छन।

विगत लामो समयदेखी मृगौलाको समस्या भोग्दै आएकी उनी अहिले दुवै मृगौला फेल भएर हाल फाजुको ईल्सान अस्पतालमा जिवनमरणको दोषाधमा मृत्युसंग संङ्घर्ष गरेकी छन।

सिन्धुली जिल्ला घर भई हाल दक्षिण काेरियाकाे फाजुमा कृषि क्षेत्रमा कार्यरत नेपाली चेली यमकुमारी थापा मगर बिगत २/३ बर्स देखि मृगौलाकाे समस्या भइ उपचार गराउदै आइराखेकी थिइन ।

यही अगस्ट २४ तारिख अचानक दुवै मिर्गौलाले काम गर्न छोडेर सिकिस्त भई इल्सान हस्पिटलमा भर्ना भएकी छन।कृषिमा कार्यरत भएकाे र उनले बिगतका दिनहरुमा कमाई गरेकाे रकम पनि खासै नभएकाे कमाएकाे रकम पनि उपचारमा नै खर्च गर्दै आइरहेकाले उनी अहिले आर्थिक समस्यामा परेकि छिन।

डाक्टर को सल्लाह अनुसार तुरुन्तै अप्रेसन गरि जिबन भर डायलिसिस गर्नु पर्ने अन्यथा बचाउन नसकिने भनाइ आएको हुदा र उपचार खर्चपनी महँगो हुने भएकाले काेरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगकाे लागि उनलृ अनुरोध गरेकी छन।

परदेशमा आर्थिक अभावकै कारण कसैलेपनी ज्यान गुमाउनु हुँदैन,परदेशमा आफन्त भनेपनी हामी सबै नेपाली भएकोले सम्पुर्ण कोरियाबाशी नेपालीहरुले सहयोग गरी उनको ज्यान बचाईदिनुहोला।

सहयोगको लागी उनको आफ्नै बैङ्क खातमा सहयोग गर्न सकिने भएकोले मानवताकै नाताले भएपनी सहयोग गरिदिनुहोला।

सहयोगको लागी :
वैङ्क : NH 농협
खाता नम्बर : 302-1086-7890-41
खातावालाको नाम : THAPA MAGAR YAM KUMARI

Leave a Reply

Your email address will not be published. Required fields are marked *