दक्षिण कोरियाको पोछनमा भयानक दृ’घटना,४ जनाको मृ’त्यु !

कोरिया समाचार

सोल

दक्षिण कोरियाको राजधानी सोलस्थित अमेरिकी शसश्त्र गाडी र एक कार ठोकिएर दुर्घ’टना हुँदा ४ जना दक्षिण कोरियाली नागरिकको मृ’त्यु भएको प्रहरीले बताएको छ ।

दुई दम्पत्ती सवार उक्त कार अकेरिकी सेनाको बख्तरबन्द गाडीसँग हिजो रातको करिव ९ : ३० बजेतिर ठोकिएको थियो । दुर्घट’नामा परि मृ’त्यु हुने सम्पुर्ण अन्दाजी ५० बर्षका रहेका थिए ।

उक्त घटनामा एक अमेरिकी सैनिक समेत गम्भिर घा’ईते भएका छन् । उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

समाचार अनुसार उक्त क्षेत्रमा अमेरिकी सैन्य सवारी साधनहरु प्रसस्तै चल्दछन् । दुर्घटना ग्रस्त स्थानमा सैनिक गाडी आफ्नै बाटो गइरहेको बताइएको छ ।

घटना लगत्तै दक्षिण कोरियाली प्रहरी तथा अमेरिकी सैनिकले आआफ्नो छानविन समिति बनाएर अनुसन्धान सुरु गरेका छन् ।

यता अमेरिकी सैनिक अधिकारीले उक्त दुर्घटनामा परि ज्यान गुमाएका परिवार प्रति हार्दिक श्रद्दाञ्जली व्यक्त गरेको छ भने उसले प्रहरीको छानविन प्रकृयामा पूर्ण सहयोग गर्ने समेत बताएको छ ।

दुर्घटनामा परि उक्त कार पुर्ण रुपमा क्षतिग्रस्त भएको छ भने सैनिक गाडीमा समेत आंशिक क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *