कन्जक्टिभाइटिज : आँखाको यस्तो समस्या, जुन सजिलै फैलिन सक्छ

स्वास्थ्य

काठमाडौं

कन्जक्टिभाइटिस आँखामा देखिने एक किसिमको विकार हो । जसले कन्जक्टिभामा जलन गराउले गर्छ । कन्जक्टिभा वास्तवमा कोषहरूको पातलो पारदर्शी तह हो, जसले परेलाको भित्री भाग र आँखाको सेतो भागलाई ढाकेको हुन्छ ।

कन्जेक्टिभाइटिसको समस्या हुँदा एक वा दुवै आँखामा एकै पटक पनि समस्या हुन सक्छ । केन्जक्टिभाइटिसका केही प्रकारहरू अत्यधिक संक्रामक पनि हुन सक्छन् । यो आँखाको एउटा सामान्य समस्या जस्तो देखिन्छ । तर कतिपय समयमा यो ठूलो समस्याको रूपमा पनि विकास हुने गर्छ ।

कन्जेक्टिभाइटिसबाट पीडित मानिसमा यस्ता लक्षण देखिन सक्छ :

–एक या दुईवटै आँखाको भित्री भागमा समस्या सिर्जना हुनु ।एक वा दुवै आँखामा जलन हुने वा चिलाइरहनु ।आँखाबाट अधिक मात्रामा पानी बहनु ।एक वा दुवै आँखाको सेतो भागमा गुलाबीपन देखिनु ।आँखाले प्रकाश स्पष्ट नदेख्नु ।

कन्जक्टिभाइटिस का कारणहरूः

कन्जक्टिभाइटिस का मुख्य कारणहरूमा विशेषतः एलर्जी, संक्रामण र रासायनिक कारण रहेका छन् ।

एलर्जीबाट हुने कन्जक्टिभाइटिस

एलर्जीबाट हुने कन्जक्टिभाइटिस प्रायः ती मानिसहरूमा देखापर्छ जुन मौसम परिवर्तन हुने समयमा एलर्जीको समस्याबाट ग्रस्त हुन्छन् । मौसम परिवर्तनको समयमा एलर्जी हुने व्यक्तिलाई कुनै यस्तो तत्वको सम्पर्कमा आएपछि मात्रै कन्जक्टिभाइटिस हुन्छ, जसबाट आँखामा एलर्जिक रिएक्सन सुरु हुन्छ ।

संक्रामक कन्जक्टिभाइटिस

हाम्रो छाला वा श्वासप्रणालीबाट स्टेफाइलोकोकल वा स्ट्रेप्टोकोकल ब्याक्टेरियाको कारणले पनि कन्जक्टिभाइटिस को समस्या हुने गर्छ । फोहोर हातले आँखालाई छुँदा वा दूषित श्रृङ्गारको आँखामा प्रयोग गर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । मेकअपका सामग्रीहरू एकभन्दा धेरै मान्छेले प्रयोग गर्ने वा फोहोर चस्मा या अरूको चस्मा प्रयोग गर्दा पनि संक्रामक कन्जक्टिभाइटिस को समस्या निम्तिन सक्छ ।

सामान्य प्रकारको संक्रमण चिसोसँग सम्बन्धित भाइरसहरूबाट सर्ने गर्छ । यो माथिल्लो श्वासनलीमा संक्रमण भएका कसैले खोक्दा या हाच्छ्युँ गर्दा आउने भाइसरका कारणले हुन सक्छ । यसले धेरै गम्भीर समस्या पनि निम्त्याउन सक्छ । यसको तुरून्त उपचार गरिएन भने यसले आँखामा स्थायी समस्या सिर्जना गर्न सक्ने चिकित्सकहरू बताउँछन् ।

रासायनिक कन्जक्टिभाइटिस

रासायनिक कन्जक्टिभाइटिस हावाको प्रदूषण, पौडी पोखरीमा हुने दुर्गन्ध र हानिकारक रसायनका कारण हुन सक्छ ।

कन्जक्टिभाइटिस को फैलावट रोक्नको लागि मुख्यगरी हामीले निम्न उपायहरू आफैँले पनि अपनाउन सकिन्छ ।

–सकेसम्म आँखालाई हातले नछुनुहोस् ।समयसमयमा हातलाई राम्रोसँग साबुन पानीले धुनुहोस् ।आफूले प्रयोग गर्ने तौलिया र कपडा सकेसम्म दैनिक बदल्नुहोस् र अरूलाई सकेसम्म प्रयोग गर्न नदिनुहोस् ।आँखाको सौन्दर्य प्रसाधनमा विशेषगरी गाजलको प्रयोग रोक्न पनि आँखा चिकित्सकहरू सुझाव दिन्छन् ।चस्माको प्रयोगपूर्व चिकित्सकसँग सल्लाह लिनुहोस् ।

आँखाको समस्याको पहिचान

आँखामा देखिन सक्ने समस्याको पहिचान समयसमयमा गरिरहनुपर्छ । कन्जक्टिभाइटिस रोगको लागि मात्रै नभएर अन्य समस्याबाट बच्नको लागि पनि आँखामा कुनै समस्या छ कि छैन भनेर जाँच गरिरहनुपर्छ । आँखाको जाँच आफैंले यसरी गर्न सकिन्छ ।

–टाढा या नजिकको वस्तु देखाएर त्यसको दृश्यता मापन गरेर ।उज्यालो प्रकाश र म्याग्निफिकेसनको प्रयोग गरेर आँखाको बाहिरी कोशिकाहरूको आकलन गर्ने जस्ता विधिबाट समस्याको पहिचान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *