सिओलमा बस्ने विदेशीलाई कोरोना राहत प्रदान गरिँदै

कोरिया समाचार

सिओल

सिओलमा बस्ने विदेशीलाई कोरोना भाईरस आपतकालिन नगद राहत प्रदान गरिने भएको छ । यस अघि मार्च महिनामा सउलमा उक्त राहत बाँडिएको भएपनि विदेशीलाई उक्त राहत पाउन बाट बञ्चीत गरिएको थियो ।

सिओल महानगरले प्रदान गर्ने सो राहत परिवारको सदस्य संख्या र न्युनतम प्रतिव्यक्ति आय भन्दा कम आमदानी भएका परिवारलाई बढिमा ५ लाख वन सम्म प्रदान गर्ने छ । यस राहत कार्यक्रमले सिओलमा बस्ने ९५ हजार विदेशी लाभान्वीत हुने अपेक्षा गरिएको छ ।

कोरिया प्रवेश गरेको अगष्ट २७ सम्ममा ३ महिना पुगेको हुनुपर्ने र राहत प्राप्त गर्न योग्य विदेशिले आवेदन दिन सक्ने बताईएको छ । कोरियामा बसेर अध्ययन गर्ने र भिषाद्धारा अनुमति नपाईएका व्यवसाय गर्ने विदेशी भने उक्त राहत पाउन योग्य नरहेको सूचनामा उल्लेख छ ।

प्रिपेड कार्ड मार्फत प्रदान गरिने उक्त राहत रकमको म्याद डिसेम्बर १५ सम्मकालागि मात्र रहने बताईएको छ ।एक देखि दुई जनाको परिवारलाई ताेकिएकाे मापदणडमा आधारित रहेर ३ लाख वन, तीन देखि चार जनाको परिवारलाई ४ लाख वन र ५ देखि ६ जनाको परिवारलाई ५ लाख वन प्रदान गरिने छ ।

सिओल महानगरले यस अघि मार्च महिनामा नगरभित्रमा कोरोकाकारण आय खस्किएका १६ लाख परिवारलाई राहत उपलब्ध गराएको थियो ।
त्यतिबेला कोरियामा विहे गर्ने आप्रवासी र शरणर्थीहरुलाई उक्त राहत प्रदान गरिएपनि अन्य विदेशीलाई भने उक्त राहतबाट बञ्चीत गरिएको थियो । सरकारको उक्त विभेदकारी कदमको विरोध भएपछि जुन महिनामा मानव अधिकार आयोगले उक्त राहत विदेशीलाई पनि प्रदान गर्नुपर्ने सिफरिस यहाँको सरकारसमक्ष गरेको थियो ।

उक्त कार्यक्रम अगष्ट ३१ देखि सुरु भएर सेप्टेम्बर २५ सम्म चल्ने छ । आवेदनकालागि (http://fds.seoul.go.kr). मा लगइन गरि गर्न सकिने छ । अनलाईन बाहेक अन्य क्षेत्रहरुमा पनि आवेदन दिने व्यवस्था गरिएको छ । ई-९ भिषाधारीलाई भने याे सुविधा उपलब्ध छैन ।

khabar paper

Leave a Reply

Your email address will not be published. Required fields are marked *