कोरियन ब्यान्ड बिटिएस ले बनायो अहिलेसम्मकै ठूलो रेकर्ड, पुरै विश्व बन्यो भिडियोको फ्यान

कोरिया समाचार

सिओल

यस्तो रेकर्ड दुर्लभ नै हुन्छ, गीत वा भिडियो युट्युवमा अपलोड गरेको पहिलो झट्कामै सारा विश्व त्यसको फ्यान बन्न पुगोस् । तर अब यो कुरा सत्य सावित भइसक्यो ।

युट्युवकै इतिहासमा यस्तो नयाँ रेकर्ड बनेको छ, जुन अहिलेसम्म कसैले कायम गर्न सकेको छैन । हो एक नयाँ भिडियो युट्युवमा अपलोड भएको छ ।

जसले अपलोड भएको पहिलो २४ घण्टामै यति धेरै भ्यूज पायो कि, त्यसैका कारण एक जबरजस्त नयाँ विश्व रेकर्ड बन्न पुग्यो । पक्कै पनि यो समाचार तपाईंले पढ्दा यसको भ्यूज अझै थपिएको हुनेछ ।

२४ घण्टामै १० करोड पटक हेरिने भिडियोको रेकर्ड

प्राप्त जानकारी अनुसार कोरियन पप ब्याण्ड बीटीएसले यो पछिल्लो ट्र्याक डाइनामाइटको म्यूजिक भिडियो युट्युवमा अपलाेड गरेको हो । विश्वभरका युवाहरुमाझ निकै लोकप्रिय भइरहेको के-पपको यो भिडियोले केवल २० घण्टाभित्र १० करोड भ्यूज बटुल्न सफल भएको अनौठो रेकर्ड कायम गरेको छ ।

शुक्रबार यो खबर लेखिरहँदा यो गीत २३ करोड ५२ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । यहाँनिर स्मरणीय कुरा के छ भने यस अघि युट्युवमा २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिएको भिडियोको रेकर्ड ब्ल्याक पिङ्कको नाममा रहेको थियो । जसको हाउ यू लाइक द्याट भिडियोले २४ घण्टामा आठ करोड ६३ लाख भ्यूज पाएको थियो ।

युवाहरुमाझ निकै लोकप्रिय छन् कोरियन पप गायक

सारा विश्वका युवामाझ कोरियन पप ब्याण्डहरु निकै लोकप्रिय छन् । यी कोरियन ब्याण्डका गीत युवाहरु निकै सुन्ने गर्छन् । जानकारहरुका अनुसार कोरियन पप ब्याण्ड बीटीएसको नयाँ गीत डायनामाइट हिट हुनु अघि नै यो संभावना देखाइरहेका थिए । यद्यपी केही दिन अघि मात्र यो गीतको एक टीजर भिडियो शेयर गरिएको थियो ।

युट्युवमा यो टीजरले समेत छ करोड २६ लाख भ्यूज पार गरिसकेको छ । गीतको भिडियोले २० करोड ८१ लाख भन्दा बढी भ्यूज पाइसकेको छ । जुन विश्वका धेरै देशमा अहिले पनि नम्बर वान ट्रेन्डिमा चलिरहेको छ ।

यो समाचार तयार पार्दा नेपालमा समेत नम्बर वान ट्रेन्डिङमा रहेको यो गीतको भ्यूज तपाईंले पढ्दासम्म पक्कै पनि अझै थपिने नै छ ।

२०२० एमटीभी भिडियो म्युजिक अवार्डमा बीटीएसलाई टीभीमा पहिलोपटक डान्स नम्बर प्रस्तुत गर्दै गरेको देखिएको थियो । जुन यही ३० अगस्टमा अन एयर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *