यो वर्षको शक्तिशाली आँधी ‘ताईफुन मेसाक’ कोरिया प्रवेश , सतर्क रहन मौसम विभागको अपिल

कोरिया समाचार

बुसान

यो वर्षको सबै भन्दा शक्तिशाली ‘‘ताईफुन मेसाक’’ नामक सामुन्द्रीक आँधी बुधवार दक्षिण कोरिया प्रवेश गरेको छ ।

बुधवार विहान जेजु प्रवेश गरेको आँधीका कारण प्रभावित क्षेत्रमा अहिले (बुधवार साँझ) हुरी सँगै वर्षा भईरहेको छ ।

उक्त आँधी प्रतिघण्टा १९ किलो मिटरको गतिमा अघि बढिरहेको कोरियाको मौसम विभागले जनाएको छ । यसको गती बुधवार साँझ बाट थप तीव्र हुने विभागको भनाई छ ।

सरकारले गत हप्ताको बाभी नामक आँधी भन्दा मेसाक आँधी शक्तिशाली भएकाले सतर्क रहन अनुरोध गरेको छ ।

यो आँधी सन २००३ को ‘मेमी आँधी’ पछिको सबै भन्दा शक्तिशाली आँधी हुन सक्ने अनुमान मौसम विभागको छ ।आँधीले उल्सान, बुसान, थेगु, जेजु, ख्यङनाम, ख्यङबोक, छन्नाम दोङ, छनबोक दोङ, खाङवानदोङ लगायतका क्षेत्रमा बढी प्रभाव पार्ने छ ।

आँधीका कारण प्रभावित क्षेत्रमा ४ सय मिलिमिटर सम्म वर्षा हुन सक्ने विभागले बताएको छ ।आँधीले विहिवार सिओलमा पनि आंशिक प्रभाव पार्नेछ ।खबर पेपर

Leave a Reply

Your email address will not be published. Required fields are marked *