दक्षिण कोरियामा २० बर्षिय नेपाली यूवतीलाई कोरोना सङ्क्रमण पुस्टी!

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सिओल

रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहदै आएकी २० बर्षिय नेपाली युवतीलाई कोरोना सङ्क्रमण पुस्टी भएको छ।

छुङ्छङनाम्दो छङयाङ विवोङम्यन मा अवस्थित खिम्ची (कोरियन अचार) बनाउने कम्पनीमा कार्यरत उनी संगै कम्पनीका १७ जना कामदारमा कोरोना सङ्क्रमण पुस्टी भएको छ।

दक्षिण कोरियाली समाचार संस्था एसिया ख्यङ्जेका अनुसार नेपाली यूवतीलाई सङ्क्रमण देखिएपछी उनले काम गर्ने कम्पनीमा चेक गर्दा थप १६ जनामा पुस्टी भएको थियो।

सङ्क्रमित बिरामीहरु लाई अहिले क्वारेन्टाईनमा राखेर उपचार गरिएको समाचारमा उल्लेख छ।

कोरियामा नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको यो पहिलो घटना हो।

दक्षिण कोरियामा खतरनाक आँधी, हवाई तथा जल यातायात बन्द

सोलदक्षिण कोरियामा बाभी पश्चात आएको अर्को सामुद्रिक आँधीका कारण जनजिवन प्रभावित बनेको छ ।

बुधबार विहानबाट सुरु भएको अर्को समुद्री आँधी मेयकका कारण छेजु आइल्याण्ड र उक्त क्षेत्र वरपरका सैयौँ उडान, अवतरण तथा जल यातायात समेत अवरुद्ध भएका छन् ।

बर्षौँ यताकै शक्तिशाली हुन सक्ने उक्त आँधीबाट उत्पन्न हुन सक्ने सम्भावित क्षतिलाई लिएर स्थानीय सरकारहरु उद्धार तथा राहतका लागि तयार भएर बसेको दक्षिण कोरियाली अनलाइन पत्रिका द कोरियन हेराल्डले जनाएको छ ।

२३ किलोमिटर प्रति घण्टाको रफ्तारमा आइरहेको उक्त आँधीले ४५ मिटर प्रति सेकेण्डको हावाको वहाव उत्पन्न गराइरहेको दक्षिण कोरियाली मौसम विभागले जनाएको छ ।

आँधीका कारण हालसम्म ४३७ वटा आन्तरिक उडान बन्द गरिएका छन् छेजु खन्तराष्ट्रिय विमानस्थलबाट मात्र १४९ उडान रद्द गरिएको दक्षिण कोरियाली एयरपोर्ट महासंघले जनाएको छ । यी बाहेक अन्य क्षेत्रका उडान पनि धमाधम बन्द गर्न थालिएको महासंघले बताएको छ ।

छेजु, उत्तरी ग्यङसाङ, दक्षिणी ग्यङसाङ, उत्तरी छल्ला , दक्षिणी छल्ला तथा ग्याङवन क्षेत्रका सामुद्री तटमा रहेका हजारौँ जल यातायात तथा माछा मार्ने डुङ्गाहरु बन्द गराइएको छ ।

आँधीकै कारण छेजु क्षेत्रका १००० बढी घरहरुमा विद्युत आपूर्ति समेत बन्द भएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *