मेरो, कोरियाको कृर्षी अनुभव

कोरिया समाचार

ध्रुव कुमार श्रेष्ठ ।

हेलम्बुको डाडाँकाडाँ हुर्किएर यहाँको खेतबारिमा गरेको गुजारामुखि कृषि प्रणाली देखेको र भोगेको म, एउटा सम्पन्न मुलुकको कृषि प्रणालीलाइ नजिक बाट सन २०१४ मार्च ६ मा इ पि एस कोरिया मार्फत कामदारको रुपमा कोरिया प्रबेश गरेपछि सुरु भयो मेरो अधुनिक कृषि प्रणालिसंग जोडिएको विकसित मुलुक कोरियामा कृषि कर्म ।

सुरुमा कोरियाको राजधानी सउलबाट रहेको योङ्मुनमा रहेको एउटा कृषी फर्ममा काम बिदेशि कामदारको रुपमा सुरुभयो मेरो कोरियाको काम । सुरुमा भाषिक समस्याले काम गर्न गाह्रो भएपनि बिस्तारै काम सहज हुदै थियो । मैले काम गर्ने कम्पनिले तरकारी जन्य पदर्थ आधुनिक प्रणालीबाट उत्पादन गर्दै आफ्न्नै समुहको बिक्री केन्द्रबाट बितरण गर्ने गथ्र्यो ।

नेपालमा लगातार धेरै काम गरेको अनुभव नभएको म, दिनमा १२ घन्टा भन्द बढी निरन्तर काम गर्दा साह्रे गाह्रो हुन्थ्यो । दिन भरि गोल्भेडा, काक्रो, स्ट्रोबरि र बिभिन्न प्रजातिका सागहरु टिप्ने,लगाउने र गोड्मेल गर्दै बेलुका तेहि सामानहरुलाइ प्याकिङ गरे बजार पठाए पछि सकिन्थ्यो दैनिक रुटिङ ।

त्यहि रुटिङ १ बर्ष सम्म चल्यो । त्यसपछि १ महिना च्याउ कम्पनिमा काम गरें । त्यो कम्पनिमा राम्रो काम नचलेपछि बंगुरपालन कम्पनि प्राबिधिक सहयोगि(फार्मको मर्मत गर्ने डिपार्ट)मा काम गर्नथाले । त्यो बेलासम्म भाषाराम्रो सुधार भैसकेको र हप्ता ५ दिन काम र २ दिन बिदा हुदाँ बिदाको समय कम्पनि नजिकैको अरु फार्ममा आराबाइट(पार्ट टाइम) गर्दै बिभिन्न काम सिक्ने र कोरियाको कृषीलाइ नजिक बाट हेर्ने मौका मिल्यो ।

एकदिन साहु आएर १ हप्तापछि आइतबार १ बजे ठुलो पानी सहित हावाहुरि पर्न भएकोले सबैजान त्यो दिन बिदा नबस्न आग्रह गरे । एक हप्ता पछि उनले भनेको जस्तै भयो । मलाइ अचम्म लग्यो कसरि थाहा भयो भनेर । मैले बुझ्दा कोरियाम मौसमको जानकारी धेरै समय आगडिबाट आफ्नो मोबाइलमा हेरेर त्यो अनुसारको विभिन्न योजनाहरु बनाउने रहेछन । यता नेपालमा रेडियोले पानी पर्ने सम्भावना रहेको समाचारमा सुनेर काम गर्नु पर्छ । त्यो पनि मिल्दैन एकै दिनको पुर्बाअनुमान पनि ।

विकसित भएर पनि मासु , दुग्धपदार्थ , फलफुल, बिभिन्न तरकारि र धेरै कुरामा आत्मनिर्भर पनि छ । कृषि मन्त्रालय र मंन्त्रीको चयन र यसले समेटिन फराकिलो दायराले कृषिलाई धेरै महत्व दिएको कुरा अनुभव गर्न सकिन्छ ।कृषिजन्य वस्तुहरू जस्तै मासु,अण्डा र दुग्धपदार्थको उत्पादन,प्रशोधन र वितरणमा अध्ययन अनुसन्धान, वैज्ञानिक प्रविधिको प्रयोग, प्रयोग हुने मलखाद, किटनाÞशक रासायनिक औषधि, पशुपंक्षीको स्वास्थ्य ,चरन र खानाको गुणस्तर, जनस्वास्थ, वातावरणमा पर्नसक्ने दीर्घकालीन प्रभाव र एन्टिबायोटिक्सको प्रयोग, प्राकृतिक स्रोत साधनको प्रयोगमा मितव्ययिता, स्थिर बजारमूल्य, माग र आपूर्तिको सन्तुलन जस्ता कुराहरूको व्यवहारिकतालाई स्पष्ट नितिनियम भएको राष्ट्र रुपमा देख्न सकिन्छ कोरियालाई ।

हरेक काम पुर्ण रुपमा आधुनिक तरिकाले गर्ने र प्राबिधिक मुल्यांकन बिनाकुनै पनि काम सुरु नगर्ने कोरिया आज थोरैमात्र कृषी योग्य र प्रतिकुल बाताबरणको बिचमा पनि धेरै कृषिजन्य उत्पादनमा अगाडि र आत्मानिर्भर रहेको छ ।तर नेपाल कृषि उत्पादनमा कमी आएका तथ्याङ्क सहितका समाचारहरू आउछन । चामल उद्योगहरू भारतसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका,खाद्यान्न अभाव,प्लास्टिकका चामल,फलफुल तरकारीको आयात र चिया,जुट,मकै,उखु, सुर्ती, जडीबुटी जस्ता सम्भावना भएका व्यवसाय र उद्योगहरू फष्टाउन नसकेका यस्तै यस्तै समाचारहरू ।

देशलाई जे चिजको बढी आवश्यकता छ । जे को सम्भावना छ । त्यसैमा ध्यान केन्द्रित हुनुपर्ने हो । दीर्घकालीन, अल्पकालीन नीति र योजना बन्नुपर्ने हो । कृषिमा क्रान्ति नै हुनुपर्ने हो, तर भएन । प्रधानमन्त्रिहरु किसानकै छोरा होलान् । नीतिनिर्माताहरु, सभासद्, नेता मंन्त्री र सचिवहरू गाउँबाटै आएका होलान् । कसैले यसबारेमा केही नसोचेको,केही नगरेको यथार्थले देखाउँछ । गर्न नसक्ने ठुला कुरा गर्नुभन्दा प्रत्येक गाँउमा एउटा कृषि सेवाकेन्द्र, सिंचाई कुलो, प्रत्येक गाउँपालिकामा नहर भनेको भए हुन्थ्यो । स्मार्ट सिटी भन्दा स्मार्ट कृषिको नारा अघि सारेको भए हुन्थ्यो । कृषिमा सहकारिता र कृषि बैकिङ्ग प्रणाली व्यापक र सहज बनाइनु पर्ने हो ।

मनसुनी वर्षामा कमिहुने क्रम बढिरहेको छ । यो बर्ष अत्याधिक बर्षा भयो । सम्बन्धित निकायले पूर्वानुमान गर्दो हो, सरकारलाई जानकारी दिँदो हो । कृषि विज्ञहरूले सुझाव सल्लाह दिँदा हुन । कृषि मन्त्रालय र योजना आयोगले नीति योजनाहरू बनाउँदा हुन तर किन यस्तो ? कार्यान्वयन किन नभएको ? किन सबै युवाहरू बिदेशिनु परेको सुन फल्ने खेत त्यागेर बालुवामा पसिना बगाउन ? कतिन्जेल चल्छ रेमिटेन्सको पैसाले कुहिएको चामल र दुषित तरकारी किनेर ? कतिन्जेल पानी पर्ला र खेत रोपाई गरौला भनेर आकाशतिर हेरेर बस्ने किसानहरू.? पर्यटन र सिंचाईका सम्भावना कहिले फुल फेजमा चलेर देशको अर्थतन्त्रले राहत पाउला ? कतिन्जेल बसिरहने यस्तो गुजारामुखि संस्कार पालेर? अझै कति पुस्ताले यस्तै चिन्ता गरिरहनु पर्ने हो ?

अरू ठुला ठुला कुरा गर्नुभन्दा महत्त्वपूर्ण पेसा देशकै मेरुदण्ड भनिएको कृषिको बारेमा सबैले बोल्नु, चिन्तन मनन र सुधार गर्नु अपरिहार्य छ । कृषि पेसामा अनुसन्धान,आधुनिकीकरण,विविधिकरण र व्यवसायीकरण गर्नु समयको माग हो । प्रत्येक वडामा कृषि तालिम र सहयोगका परियोजनाहरू सञ्चालन गरिनुपर्छ । निजी क्षेत्र र व्यक्तिगत प्रयासले मात्र कृषि क्षेत्रले आशातित फड्को मार्नसक्दैन । एकीकृत प्रयास र मुख्यतया सत्ताको बागडोर सम्हाल्नेहरु लागी पर्न जरुरी छ । कुनै अमेरिकीले नेपाल सम्भावना र अवसर भएको कृषिप्रधान देश हो भनेर बुझ्छ र महसुस गर्छ तर हामीमा यो चेतना किन नआएको हाल सम्म ?

लेखक श्रेष्ठ (२०१४ देखी १०१९)सम्म कोरियामा वसेका थिए ।जनतापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *