कोरियामा आँधीमा परेर २ जनाको मृत्यु भएको छ भने १ लाख भन्दा बढी घरहरुमा बिद्युत आपुर्ती बन्द भएको छ ।

कोरिया समाचार

सोल

दक्षिण कोरियामा आएको शक्तिशाली समुद्री आँधी मायास्क तथा आँधीसँगै आएको भारी बर्षाका कारण जनजीवनमा ठूलो असर गरेको छ ।

कोरियाली प्रायद्वीपमा बिहिबार आएको उक्त आँधीका कारणहाल सम्म कम्तिमा २ जनाले ज्यान गुमाएका छन् भने हज्जारौ नागरिकहरु प्रभावित भएका छन् । मायास्क यस बर्ष दक्षिण कोरियामा आएको नवौं समुद्री आँधी हो ।

यस आँधीका कारण देशभरमा १ लाख बढी घरधुरी विद्युत आपुर्ति सेवाबाट बञ्चित भएका छन् । हवाई उडान अवतरणहरु अवरुद्ध भएका छन् भने रुखहरु भाँचिदा कतिपय क्षेत्रमा विद्युतीय संरचना तथा सडक यातायात समेत अवरुद्ध भएका छन् ।

हाल सम्म बुसान क्षेत्रमा २ जनाको मृत्यु भएको आधिकारिक जानकारी आएको दक्षिण कोरियाली सञ्चार माध्यम द कोरिया टाइम्सले जनाएको छ । न्युजिल्याण्डबाट ६००० भेडा लिएर चीन जाँदै गरेको ४३ जना कर्मचारी रहेको पानीजहाज समेत आँधीको चपेटामा परेको उक्त जहाजबाट बचेका एक कर्मचारीले बताए ।

मायास्क सँगै आएको आँधीका कारण छेजु आइल्याण्ड क्षेत्रमा १००० मिमि बर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ । यता सोही आँधीका कारण उत्तर कोरियामा समेत व्यापक क्षति भएको छ ।

बिरलै मात्र प्रत्यक्ष प्रसारण गर्ने त्यहाँको सरकारी टेलिभिजनमा ब्यापक डुवान तथा कृषि क्षेत्रमा समेत ठूलो क्षति पुगेको देखाइएको छ । पूलहरु भत्किएका छन् भने सडकहरु समेत जलमय भएका छन् । उत्तर कोरियाबाट हालसम्म क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *