कोरियाबाट नेपाल जाने ले काेभिड‌-१९ काे PCR परिक्षण सम्बन्धी जरुरी सूचना !

कोरिया समाचार

सिओल

काेभिड‌-१९ काे PCR परिक्षण सम्बन्धी जरुरी सूचना !

आज मिति २०७७ भदाै १९ तदनुसार सेप्टेम्बर ४, २०२० तारिखकाे काेरियन एअरकाे KE-695 काे उडानबाट नेपाल फर्किन लागेका नेपाली नागरिकको काेराेना परिक्षणकाे रिपाेर्टमा त्रुटिभएको भनि 8नेपाल फर्कनबाट वञ्चित हुनुभएकोले सो बिषय पुन नदोहोरियोस भनि आगामी उडानमा निम्नकुरामा ध्यान दिई काेराेना परिक्षाणकाे रिपाेर्ट लिनुहाेला ।

१। पिसिआरकाे रिपाेर्ट अनिवार्य अंग्रेज़ी भाषामा जारी भएकाे हुनुपर्ने
२। पिसिआरकाे रिपाेर्ट ७२ घण्टा भित्र सम्मकाे हुनुपर्ने ‌‍‍( पिसिआरकाे नतिजा आउन कम्तिमा २४ घण्टा लाग्ने भएकाले उक्त कुरा ख्याल गरी रिपाेर्टमा जाँचेकाे मिति र नतिजाकाे मिति र समय समेत स्पष्टरूपमा उल्लेख गर्नु पर्ने।

३। सक्कल र एकप्रति नक्कल अनिवार्य रूपमा राख्नुपर्ने
४ । रिपाेर्टमा अनिवार्य पिसिआर टेस्ट नेगेटिभ लेखेको हुनुपर्ने ।
५। छाप नभएको, सही नभएको, हातले लेखेको, केरमेट भएको वा सच्याईएको हुनु हुदैन्,र रिपोर्ट लिदा नाम ठेगाना मिति मिले नमिलेको आफैंले हेरी लिनुहुन पनि हार्दिक अनुरोध गरिन्छ।

नेपाली राजदुतावास सिओल

Leave a Reply

Your email address will not be published. Required fields are marked *