नेपाली राजदुतावास सिओलको अत्यन्त जरुरी सूचना!
हिजो मिति २०७७ भदाै १९ तदनुसार सेप्टेम्बर ४, २०२० तारिखकाे काेरियन एअरकाे KE-695 काे उडानबाट नेपाल फर्किन लागेका २३८,जना नेपाली नागरिकमध्ये
३४ जना काेराेना परिक्षणकाे रिपाेर्टमा भएको त्रुटि, ४ जना अध्यागमन र १ जना उच्च तापक्रमको कारणले गरी ३९ जना नेपाली नागरिक नेपाल फर्कनबाट वञ्चित हुनुभएकोले सो विषयमा प्राप्त कोरियन एयरको पत्र अनुसार उक्त विषयमा छलफल हुदाँ
अब हुने तत्कालको अर्को उडान मार्फत पुन उडान शूल्क तिर्नु नपर्ने गरी पिसिआर रिपोर्ट र उच्च तापक्रमको कारणले रोकिएका यात्रूको व्यवस्थापन गर्ने सहमति भईसकेको छ ।
साथै उपयुक्त ढंगले पिसिआर रिपोर्ट नदिने स्वास्थ्य संस्थालाई एन आर एनका स्थानीय प्रतिनिधिले निशुल्क पुन पिसिआर गराउन समन्वय तथा अनुरोध गर्न नेपाली राजदुतावास हार्दिक अनुरोध गर्दछ।
नेपाल जान नपाएका यात्रुमहानुभावहरुकाे अर्को उडान नभईन्जेल सम्मको खाने तथा बस्ने व्यवस्थापन भैरहेको समेत जानकारी गराउदछौं। – नेपाली राजदुतावास सिओल ।
दक्षिण कोरियाले कोरोना विरुद्वको खोप तथा औषधि निर्माणको लागी १७० बिलियन वोन खर्च गर्ने
दक्षिण कोरियाले कोरोना विरुद्व लड्न सक्ने स्वदेशी खोप तथा औषधि निर्माणको निमित्त १७०. ७ बिलियन वोन अर्थात १४३ मिलियन अमेरिकी खर्च गर्ने भएको छ l
अर्थ मन्त्रालयका अनुसार खोप तथा औसधि विकासकोको निमित्त स्थानीय कम्पनीहरुलाई बिसेष ग्राह्यता दिइने छ l
समाचार एजेन्सी योंघापका अनुसार सन् २०२१सम्म मनाब्मा परिक्षणको लक्ष लिएको उक्त योजनाको निमित्त छुट्टाइएको बजेट मध्ये ३८.९ बिलियन वोन खोप उत्पादन तथा बिकासको निमित्त प्रयोग गरिने छ भने ७.४ बिलियन वोन गैर्ह मानवमा क्लिनिकल परिक्षणको लागी प्रयोग गरिने छ l त्यस्तै १३१.४ बिलियन वोन मानवमा परिक्षणको निमित्त प्रयोग गरिने छ l
त्यो बाहेक सरकारले २०० बिलियन वोन अन्य संक्रात्मक रोगहरूसंग लड्न अनुसन्धानका सुविधाहरु बृद्धिको निमित्त प्रयोग गर्ने बताएको छ l
हाल विश्वव्यापी रूपमा वैज्ञानिकहरू नयाँ कोरोनाभाइरस विरुद्ध सुरक्षित र प्रभावकारी खोपको विकासको लागि थप अध्यन अनुशन्धानमै छन र धेरै विज्ञहरू यस भ्याक्सिनको ठूलो उत्पादन अर्को वर्षको बीचमा सम्भव हुने कुरामा सहमत छन् ।
गत महिना, दक्षिण कोरियाले जेनेक्सिन इंक नामक एक स्थानीय बायोटेक्नोलोजी फर्मलाई, सम्भावित कोरोनाभाइरस उपचार औषधिको पहिलो चरण मानव परीक्षण गर्न अनुमति दिएको थियो l फोटो :कोरिया टाइम्स Hellonepalkorea