हेसन नामक शक्तिशाली टाईफुन कोरिया भित्रदै,उच्च शतर्कता अपनाउन अनुरोध !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियामा पुन: हेसन नामक शक्तिशाली आँधी आउने पूर्वानुमान गरिएको छ।उत्तरी दिशा तिर अगाडी बढीरहेको उक्त आँधीले सोमबार दक्षिण कोरियाली प्रायद्दिपमा प्रत्यक्ष प्रभाव पार्ने बताईएको छ।

कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेशन (केएमए) का अनुसार यो सिजनको दशौँ टाईफुन (आँधी) सोमबार बिहान दक्षिणी टापु जेजु र जापानको क्युशु क्षेत्रहुँदै देशैभरी प्रभाव पार्ने छ।

हेसन पुर्वी सामुन्द्रिक दिशाबाट उत्रततिर जाने आँकलन गरिएको छ।सोमबार दक्षिण कोरियाभर भारी बर्षा र शक्तिशाली हुरी आउने पुर्वानुमान गरिएको छ।

कोरिया फरेस्ट सर्भिस (केएफएस) का अनुसार कोरियाको जेजु,बुसान,उल्सान,उत्तर दक्षिण ख्यङ्गसान प्रान्त,खाङवन र दक्षिणी छल्ला प्रान्तमा भिषण पहिरो जान सक्ने सम्भावना भएकोले उच्च शतर्कता सर्कुलर जारी गरेको छ।

यसले सिओल तथा देशभरीका १० सहर र दक्षिण तथा पुर्वी क्षेत्रमा ३०० मिलिलिटर भन्दा बढी बर्षा हुने अनुमान गरिएको छ।

हेसन एकहप्ता भित्रैको दोस्रो टाईफुन बनेको छ।गत हप्तामात्रै आएको मेईसक नामक टाइफुनले कोरियामा दुईजनाको ज्यान लिएको थियो।

केएफएस प्रमुख पार्क छङ हो का अनुसार मनसुनको अन्त्यतिर आउन लागेको हेसन टाईफुनले दक्षिण कोरियामा ठुलो क्षति पुर्याउने अनुमान गरिएको बताएका छन।यसअघि आएका टाईफुन भन्दा यो टाईफुन धेरै शक्तिशाली हुने भएकोले देशैभरी उच्च शतर्कता अपनाउन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *