सोल
दक्षिण कोरियाले यसै महिनाबाट कोरोनाको उपचारका लागि एण्टीबडी भ्याक्सिनको बृहत् उत्पादन सुरु गर्ने योजनामा रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
दक्षिण कोरियाको औषधि तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार हाल उक्त भ्याक्सिनको दोश्रो र तेश्रो चरणको क्लिनिकल परिक्षण भइरहेको र उक्त परिक्षण सम्पन्न भए लगत्तै ब्यापारिक प्रयोजनका लागि बृहत उत्पादन सुरु गरिने छ ।
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका सह-निर्देशक क्वन जुन वुकका अनुसार उक्त भ्याक्सिनको पहिलो चरणको क्लिनिकल परिक्षण स्विकृत भइसकेको छ । दोश्रो चरणको परिक्षण यहि अक्टोबर महिनाको मध्य सम्ममा सम्पन्न हुने समेत मन्त्रालयले बताएको छ ।
एण्टिबडी उपचार पद्दतिलाई कोरोना संक्रमण बिरुद्धको हाल सम्मकै सफल उपचार पद्दति मानिन्छ । यसको पहिलो चरणको परिक्षणलाई गत जुलाई महिनामा नै बेलायतले समेत स्विकृत गरिसकेको छ ।
कोरोना संक्रमणबाट मुक्त भईसकेका बिरामीहरुबाट रगत संकलन गरि त्यसमा भएको प्लाज्मा अर्को कोरोना संक्रमितलाई दिई गरिने उपचार पद्दति नै एण्टीबडी उपचार पद्दति हो । यसको दोश्रो तहको परिक्षण समेत अक्टोबर महिनाको मध्य सम्ममा सम्पन्न हुने छ ।
यता सरकारले लगाएको सामाजिक दुरी तथा अन्य नियमलाई यसै साताबाट खुकुलो बनाउने तयारी थालेको छ । संक्रमण ह्वात्तै बढेपश्चात सरकारले सामाजिक दुरीलाई कडाई गर्न थालेको थियो ।
हाल संक्रमण नियन्त्रणमा आउन थालेकाले जनजीवन सामान्य बनाउने तर्फ सरकारले योजना ल्याएको अधिकारीले बताएका छन् ।
हाल सम्म दक्षिण कोरियामा १६,६३६ जना कोरोना संक्रमण पश्चात निको भएर घर फर्किसकेका छन् भने ४, ५५५ जना उपचाररत छन् ।
कोरोना संक्रमणकै कारण दक्षिण कोरियामा हालसम्म ३४१ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म २०,६६,०७८ जनाको कोरोना परिक्षण गरिएको समेत स्वास्थ्य मन्त्रालयले बताएको छ ।हटपाटीबाट