टोकियो । जापानी अनुसन्धानकर्ताहरुका अनुसार उनीहरुले तयार पारेको अल्ट्रा भाइलोट विकिरणयुक्त रोबोटले कोरोना भाइरस मार्न सकरात्मक नतिजा दिएको बताएका छन् ।
टोकियो इताबाशीमा रहेको एक कम्पनीले वडा कार्यालय र निहोन विश्वविद्यालय इताबाशी हस्पिटलसँग मिलेर सो रोबोट तयार पारेको हो ।
रोबोटले हिडडूल गर्दै कोरोना भाइरस रहेको भुइँ र भित्ता तिर बलियो अल्ट्रा भाइलोट फालेर भाइरस नष्ट गर्ने क्षमता राख्दछ ।
उत्पादक कम्पनीका एक जना अधिकारीले रोबोटबाट निक्लने अल्ट्रा भाइलोट रेले मानिसहरुलाई असर गर्ने भएको हुनाले यसलाई कोहि पनि नभएको समयमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
यो रोबोटलाई बिशेष गरि धेरै मानिसहरु आउजाउ गर्ने स्थानहरुमा कोही नभएको समय पारि प्रयोग गर्न उपयुक्त रहेको कम्पनीले बताएको छ ।
एनएचके अनलाइनमा प्रकाशित समाचारअनुसार हाल सो रोबोटलाई भवनहरूको संरचनाहरुबारे ज्ञान दिने कार्य भइरहेको र यसलाई स्वतः काम गर्नेगरि सुधार गरिदै रहेकोे बताइएको छ ।
हाल यो रोबोटलाई निहोन विश्वविद्यालय इताबाशी हस्पिटलले प्रयोग गरिरहेको छ ।