सोल – दक्षिण कोरियाले बंगुरको मासुमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेपछि जर्मनीबाट हुने गरेको बंगुर तथा बंगुरको मासुको आयातमा प्रतिबन्ध लगाएको छ ।
पछिल्लो पटक युरोपमा स्वाइन फिभर देखा परेको छ । खाद्य , कृषि तथा ग्रामीण उत्थान मन्त्रालयका अनुसार जर्मन अधिकारीहरुले त्यहाँ स्थित ब्रान्डेनबर्गमा बँदेलमा गरिएको परिक्षणका क्रममा उक्त फ्लु पाइएको बताएका छन् ।
रोगलाई जनावरमा तीब्र गतिमा फैलने रोगका रुपमा लिने गरिन्छ । जर्मनीबाट ल्याउने मासुमा लगाइएको प्रतिबन्ध सम्बन्धी पछिल्लो सरकारी निर्णयले हाल दक्षिण कोरियाका लागि छुटीसकेका तथा भञ्सारमा रहेका मासु तथा बंगुर बोकेका साधनहरु प्रभावित हुने मन्त्रालयले जनाएको छ ।
त्यसको व्यवस्थापनका लागि भन्सारमा स्वास्थ्य चेक जाँचको ब्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । हाल सम्म पनि यो रोग निर्मुल बनाउने खोपको आविस्कार नभएका कारण सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि उक्त निर्णय लिएको मन्त्रालयले जनाएको छ ।
दक्षिण कोरियाले उत्तर कोरियाली सीमा क्षेत्रमा उक्त रोग देखा परेपछि आफ्नो देशबाट हुने निर्यात समेत बन्द गरेको छ ।हटपाटी