ख्यङ्गिदोमा बेलुकी ९ बजेदेखी बिहान ५ वजेसम्म कन्भेनियन्स स्टोर ( 편의점) मा खानेकुरा खाएमा १० लाख वोन जरिवाना !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरिया सरकारले सेप्टेम्बर ४ तारिखदेखी ख्यङ्गिदो प्रान्तमा नयाँ नियम जारी गरेको छ।

ख्यङ्गिदोभित्र रहेको सउल महानगरपालीका तथा अन्य नगरपालीका हरुले संयुक्त रुपमा फ्यनउईजम मा बसेर बेलुकी ९ बजेदेखी बिहान ५ बजेसम्म खानेकुराहरु खान नपाईने नियम ल्याएका छन।

विश्वव्यापी कोरोना महामारीको प्रसारणलाई नियन्त्रण गर्ने संयुक्त प्रयास स्वरुप ख्यङ्गिदो प्रान्तमा रहेका २४ सै घन्टा खोलिने कन्भेनियन्स स्टोरमा कुनैपनी कुराहरु माथी उल्लेखित समयमा बसेर खान नपाईने भएको छ।

निर्देशित नियममा जानाकारी गराईएअनुसार स्टोरको भित्र तथा बाहिर रहेका टेवुलहरुमा बसेर मादकजन्य पदार्थ लगायत फास्टफुड समेत उक्त समयभित्र खान प्रतिबन्ध गरिएको छ।

जारी नियम उल्लङ्घन गरेको भेटिएमा स्टोर सन्चालकलाई ३० लाख कोरियन वोन तथा ग्राहकलाई १० लाख कोरियन वोन जरिवाना लाग्ने बताईएको छ।

सउल महानरपालीका तथा ईन्छन उपमहानगरपालीका ले कडाईका साथ नियम लागु गरिरहेका छन भने अन्य स्थानिय सरकार संयन्त्रहरुले समेत यो नियममा ऐक्यबद्दता जनाउदै लागु गरेका छन।

[ 코로나19 소식]

《경기도 편의점, 21시 부터~05시까지 심야 취식 제한》
친구들!! 심야시간 편의점 내, 외에서 음식물 먹지 않도록 조심하세요. 이번주부터 단속합니다.단속될경우 10만원이하 과태료가 부과됩니다!

Leave a Reply

Your email address will not be published. Required fields are marked *