सिओल
दक्षिण कोरियाली मिडियाको दावी अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्ना पाँच जना अफिसरलाई फाँ ‘सी को सजा’य दिएका छन् ।
अर्थव्यवस्थाबारे सवाल उठाएकै कारण नेता किमले उनीहरुलाई फाँ’ सी दिएको दक्षिण कोरियाली मिडिया डेली एनकेले जनाएको छ ।मिडिया रिपोर्टका आधारमा ती अफिसरले गत जुलाईमा डीनर पार्टीको क्रममा देशको अर्थव्यवस्था र किमको शासन व्यवस्थामाथि टिप्पणी गरेका थिए ।
यस्तै उनीहरुले शासकलाई व्यवस्था सुधार गर्न सुझाव समेत दिएको बताइन्छ । तर ती अफिसरहरुले टिप्पणी गरेको बारे अरु अधिकारीहरुले नेता किमलाई जानकारी दिएका थिए ।
सोही घटनापछि किमले उनीहरुलाई माफी माग्न लगाएका थिए । साथै उनीहरुले देशको शासन व्यवस्था कमजोर बनाउन भूमिका खेलेको स्वीकार गरेका थिए । त्यसपछि नै जुलाईको अन्त्यमा उनीहरुलाई फाँ’ सी दिइएको हो ।
नेपाल बाट कोरिया आएका एक नेपाली विधार्थीमा कोरोना सङ्क्रमण पुस्टी,उच्च शतर्कता अपनाउन अनुरोध !
गुरुदत्त न्यौपाने/सियोल,दक्षिण कोरियामा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३ पुगेको छ।सेप्टेम्बर १० तारिख नेपालबाट मलेसियन एयर हुँदै कोरिया आएका एक नेपाली विधार्थीमा कोरोना सङ्क्रमण पुस्टी भएसंगै कोरियामा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३ पुगेको हो।
विश्वब्यापी कोरोना महामारीसंगै नेपालमा लकडाउनकै समयमा सेप्टेम्बर १० मा मलेसियन एयर मार्फत काठमान्डौँ ,क्वालालम्पुर ,ईन्छन हुँदै जेजु आएका नेपाली विधार्थी लाई सङ्क्रमण पुस्टी भएको हो।
जेजु स्थानिय स्वास्थ्य संस्थाका अनुसार उनि जेजु टापुका ५१ आौँ कोरोना सङ्क्रमित भएका छन।उनलाई जेजु एयरपोर्टमा स्कृनिङ क्लिनिक मार्फत टेस्ट गर्दा कोरोना सङ्क्रमण आशङ्का भएपछी उनि आएको युनिभर्सिटीको गाडीमा अस्थायी क्वारेन्टाईन लगिएको कोरियाली समाचार माध्यमले बताएका छन।
सङ्क्रमित व्याक्तिलाई कोरोना सम्बन्धि लक्षण नदेखियतापनि त्यहाँको स्थानिय स्वास्थ्य संस्थाले जेजु रा्स्ट्रिय युनिभर्सिटी अस्पताल मा राख्ने निर्णय गरेको छ।
क्वारेन्टाईन अधिकारीहरुले उनि आएको विमान र देश भित्रिएपछी को को संग संगतमा आए भन्ने बारेमा अध्ययन अनुसन्धान गरिरहेको बताएका छन।
दक्षिण कोरियाको परिवर्तन कानुन अनुसार दक्षिण कोरियाभन्दा बाहिरबाट सङ्क्रमण भएर आउने वा दक्षिण कोरियामा क्वारेन्टइन रहेको अवधि भित्रमा कोरोना सङ्क्रमण देखिएमा सङ्क्रमित व्यक्ति स्वयंले नै सम्पुर्ण स्वास्थ्य उपचारको खर्च व्यहोर्नु पर्ने हुदा सम्पुर्ण सबैमा विशेष सावधानी अपनाउनु हुन सुचित गरिएको छ।