संजिब घिमिरे/ नेपाल)
नेपालमै रोजगारी उपलब्ध नभएको अवस्थामा विदेशमा श्रम गर्न जानलाई किन रोकतोक ? नेपालमै श्रम गर्न हामी ६० लाख युवाले कहिले पाँउछौ?श्रम तथा रोजगार मन्त्रीज्यु सात समुन्द्र पारी श्रम गर्न जानबाध्य भएको एक मजदुरको नमस्कार ।
विगत डिसेम्बर देखि बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ ले देशलाई झन् आर्थिक मन्दि तर्फ डोहोर्याउँदै गैरहेको छ ।हाम्रो देश त झन् बिकाशोन्मुख तथा ल्यान्डलक भएको हुँदा थप क्षति ब्योहोर्न पर्छ नै। झन् एक महिनादेखि उपत्यकामा कोरोनाको ग्राफ पनि निकै उच्च बिन्दुमा पुगेको अनुभब आम जनताले गरेका छन् ।दैनिक जसो एक हजार जति संक्रमित थपिएका कारण पक्कै पनि तपाइले सन्तोषको सास फेर्न पाउनु भएको छैन होला भन्ने मलाइ लागेको छ ।
श्रममन्त्री ज्यु , तपाईं देशको एउटा मन्त्रालय(श्रम तथा रोजगार) कार्यकारी प्रमुख भएको हैसियतले श्रमिकका राम्रा-नराम्रा, शुभ-अशुभ, सफल-असफल, हासो-रोदन ,भोक-तिर्खा ,जनगुनासा सबै सुन्नु पर्ने र हेर्नू पर्ने हुन्छ ।मन्त्री तथा मन्त्रालयका तर्फबाट कतिपय सवालमा हुँदै नभएको त हैन तर जति हुन सक्थ्यो र गर्न सकिन्थ्यो त्यति बिल्कुल भएको छैन ।वैदेशिक रोजगार व्यवस्थित गर्ने कुरा म जाबो निम्न बर्गिय मजदुरले भन्न पर्ने त हैन सारा जगले नै देखिरहेको छ ।तर यस्ता समस्याहरुलाई एउटा कुशल नेतृत्वले सम्भब भए सम्म राज्यका तर्फबाट यथाशक्य चाडो एड्रेस गर्नु पर्ने स्थानमा हुनुहुन्छ ।
मन्त्री ज्यु यस्तो ठाँउमा हुनुहुन्छ लाखौ श्रमिक को मन जित्ने स्थानमा रँहदा पनि किन काम नगरेको भन्ने आरोप आँउछन् ? जनता जान्न चाहन्छन् । त्यसकारण श्रमजिवि पिडित/पिडाहरुको प्रतिनिधित्व गर्दै केही शब्द कोरेको छु ।अहिलेको युग भनेको विज्ञानको युग हो सामाजिक सन्जाल तथा अनलाईन मिडिया मार्फतहजुर लाई खुलापत्र लेखेको छु तर तँपाई समक्ष पुग्न पनि सक्छ नपुग्न पनि सक्छ ।
कोरोना महामारीमा भिसा नीति कडाइ हुँदा नेपाली कामदार(जो ई.पि.एस. परिक्षा पास तथा कमिटेड)कोरियामा श्रम गर्न जानबाट बन्चित छन्।गत चैत्र देखि अन्तराष्ट्रिय उडानमा सरकारले रोक लगाए देखि कामदार पिडामा छन्।अहिले अन्तर्राष्ट्रिय विमानस्थल पनि खुलेको र बैदेशीक रोजगारीमा जान चाहनेको श्रम स्विकृति पनि दिने भन्ने निर्णय कार्यान्वयन नहुँदा कागजमा मात्रै सिमित होला जस्तो छ।कोरिया बाट भिषा समाप्त आँउदा हवाई भाडा चर्को मुल्य तिरेर चार्टड विमान मार्फत आउनुपरेको छ। कम्पनिले चाहेको खण्डमा ३ महिना अबधि नेपालबसेर पुन फर्कन चाहने कामदार बिगत ६ महिना देखि रोकिराख्नु परेको छ।
मन्त्री ज्यु लाई यस बारेमा जानकारी पनि छ र केहि मिडियामा अन्तरवार्ताको क्रममा पनि कोरिया जान सहजिकरण गर्न तयार छौं भन्नुभएको थियो । तर बोली र कागजी रूपमा मात्रै सिमित भएको कारण खुलापत्र प्रेषित गर्न बाध्य भएको छु।
यो नेपाल सरकार र कोरिया सरकारको जि टु जि प्रक्रिया मार्फत श्रम सम्झौता भएको हुँदा पहल पनि नेपाल सरकारको प्रतिनिधि मार्फतनै गर्न उपयुक्त हुनेमा हामी विस्वस्त छौं।
उपत्यकाका सिडियो तथा सिसिएमसिले पनि वैदेशिक रोजगारी लागि सहजिकरण गर्ने र रोजगार सम्बन्धी अफिस खुल्ला राख्न दिने निर्णय गरेको छ । अब हामी श्रमिकको हितमा पहल कदमी सरकार तथा श्रम मन्त्रालय अर्न्तरगतका शाखाले गर्छन् गर्दैनन् हेर्न बाँकी छ।जयदेश। जय मातृभुमी।।
लेखक कोरियाबाट फर्केका यूवा हुन।