सोल
सर्वसाधारण जनता तथा प्रतिपक्षी दलको बिरोधका बीच दक्षिण कोरियाली सरकारले आफ्ना सम्पूर्ण नागरिकको टेलिफोन बीलमा २०,००० वोन अर्थात करिव १६.९० अमेरिकी डलर राहत उपलब्ध गराउने भएको छ ।
सरकारले पछिल्लो राहत कार्यक्रम अन्तरगत १३ बर्ष माथिका सम्पुर्ण नागरिकलाई उक्त रकम बराबरको टेलिफोन बील भुक्तान गर्ने भएको हो ।
७.८ ट्रिलियन वन पुरक बजेट मध्ये ९०० बिलियन बजेट खर्च हुने उक्त सरकारी निर्णयको प्रतिपक्षि दलका नेताहरुले तीखो आलोचना गरेका छन् ।
सरकारको उक्त निर्णयले टेलिकम सञ्चालक मात्र लाभान्वित हुने बताउदै सरकारको उक्त निर्णय मेलाको टिकट जस्तै भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिपक्षि दलका नेताहरुले भने सरकारको उक्त निर्णय अपरिपक्व भएको बताउदै फिर्ता लिन समेत भनेका छन् । उनीहरुले धेरै मानिसहरुको टेलिफोनको बील सरकारले भने भन्दा कम आउने भएका कारण उक्त सरकारी निर्णयको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् ।
सरकारको सोही निर्णयलाई लिएर गरिएको पछिल्लो सर्भे अनुसार ५८.२ प्रतिशत जनताले सरकारको उक्त निर्णयको बिरोध गरेका छन् ।हटपाटीबाट