बालबच्चाको बारेमा अनमोल भनाईहरु

स्वास्थ्य

जानाकारी

हामी भन्छौं, बालबालिका भनेको काँचो माटो हुन् । उनीहरुलाई जस्तो स्वरुपमा पनि बदल्न सकिन्छ ।यद्यपि उनीहरुलाई कस्तो स्वरुपमा बदल्ने ?

यसका लागि अभिभावकसँग त्यही कुशलता वा सीप हुनुपर्छ, जसले उनीहरुलाई एक सुन्दर रचनाको रुपमा बनाउन सकोस् । वालबच्चा राम्रो हुनु वा नराम्रो हुनु, सक्षम हुनु वा असक्षम हुनु, सफल हुनु वा असफल हुनुमा धेरै हदसम्म आमाबुवा र घर परिवार जिम्मेवार हुन्छन् ।

तर, जब बच्चाले भनेजस्तो सफलता हासिल गर्दैनन्, प्रगति गर्दैनन्, सम्पूर्ण दोष उनीहरुमाथि थोपरिन्छ । आमाबुवाले आफैमाथि प्रश्न गर्दैनन् कि, हामीले कहाँ गल्ती ग¥यौं ? किनभने कुनैपनि बच्चा आफैमा कमजोर हुँदैनन् । हरेक बच्चा विशेष हुन्छन् । तर, उनीहरुको रुची, खुबी, गुण, क्षमता आदि पहिचान गरेर सोही अनुरुपको वातावरण मिलाइदिनु आमाबुवाको पहिलो दायित्व हो ।

बच्चा हाम्रो सबैभन्दा मूल्यवान प्राकृतिक संसाधन हो ।–बच्चालाई सिकाउनु आवश्यक छैन, के सोच्ने भनेर । बरु सिकाउन जरुरी कसरी सोच्ने ?–बच्चाको प्रेमिल मुस्कान हेर्न चाहनुहुन्छ भने बिना कारण पनि मुस्कुराउनु जरुरी छ ।बच्चाबाट जीवनका लागि उपयोगी यी तीन गुण सिक्न सकिन्छ । १. बिना कुनै कारण खुसी हुन । २. सधै उत्सुक र उत्साहित हुन । ३. मनको कुरा धक नमानी व्यक्त गर्न ।

–बच्चाको आँखामा केवल दुनियाँको सात चिज मात्र आश्चर्यजनक हुँदैन । उनीहरुको आँखामा हरेक कुरा आश्चर्यजनक हुन्छ ।–बच्चा एक सजीव सन्देश हुन्, जसलाई हामी त्यो समयका लागि पठाउन सक्छौं, जुन समय हामीले देख्न पाउने छैनौं ।–परम आनन्दको स्थितिमा रहनु बच्चाको प्रकृति हो ।

–बच्चासँग बच्चा हुन सिकौं ।–बच्चालाई सफल होइन, सक्षम बनाउने हो । जब उनीहरु सक्षम हुन्छन्, सफलताले उनीहरुलाई पच्छ्याउन थाल्छ ।–हामीले बच्चालाई आफ्नो इच्छा र आकंक्षा अनुरुप बनाउने होइन । बच्चाको रुची, क्षमता, गुणलाई बुझेर त्यही अनुसार उपयुक्त वातावरण तय गरिदिने हो ।

–बच्चाको अनुकरणिय गुण के भने, जुनसुकै कुल, वंश, खानदानमा जन्मिए पनि बच्चाले सबैप्रति समान व्यवहार र दृष्टिकोण राख्छन् ।–जब हामी बच्चालाई जीवन र जगतको सन्दर्भमा उपदेश दिइरहेका हुन्छौं, तब हाम्रो बच्चाले बताइरहेका हुन्छन् कि असलमा जीवन के हो ?–कसैले पनि अहिलेसम्म बच्चाको आत्ममा लुकेको सहानुभूति, दया र उदारताको खानी देखेनन् ।

–बच्चाको प्रेमिल मुस्कान हेर्न चाहनुहुन्छ भने बिना कारण पनि मुस्कुराउनु जरुरी छ ।–वालापन प्रकृतिले मान्छेलाई दिएको अनमोल उपहार हो ।–हामीलाई के कुराको चिन्ता हुन्छ भने, मेरो बच्चा भोलि के बन्नेछ । तर, हामी भुलिरहेका हुन्छौं कि बच्चा आज पनि खास केही हुन् ।

–हरेक बच्चामा आफ्नै विशिष्ठ स्वभाव र खुवी हुन्छ । उनीहरुलाई अरुसँग तुलना नगरौं ।–बच्चाको जीवन सहज बनाइदिने चक्करमा उनलाई असक्षम बनाउने गल्ती नगरौं ।–एक बच्चालाई आफुमा भएको ज्ञान र सीपमा मात्र सीमित नगरौं । किनभने उनी तपाईंको कालखण्डका लागि होइन, अर्को समयका लागि जन्मिएका हुन् ।

–एक व्यक्तिले आफ्नो बच्चा एवं सन्ततीका लागि सबैभन्दा महान विरासत छाड्न सक्छ । तर, त्यो तपाईंले कमाएको धन–दौलत हेइन, बरु चरित्र र संस्कार हो ।अनलाईनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *