मिर्गौला पिडित दुर्गा प्रसाद लाई कोरिया बाट आर्थिक सहयाेग

कोरिया समाचार

सउल दक्षिण कोरिया,

काभ्रे बेथान्चोक -२ निवासी विगत ५ वर्ष देखी मिर्गौला फेल भइ डाइलोसिस मात्र गर्दै आइरहनु भएका ४८ वर्षिय श्री दुर्गा तिमल्सिना लाई कोरिया बाट संकलित आर्थिक सहयोग हस्तान्तरण गरीएको छ ।

पछिल्लो समय कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या परेकोले उपचारमा राहत मिलोस भनि कोरियामा राहत संकलन गरिएको थियो ।

दक्षिण कोरियामा कार्यरत सामाजिक व्यक्तित्व दिपक प्रसाद तिमल्सिनाको सक्रियतामा पछिल्लो समय दुर्गा प्रसाद वचाउँ अभियान संचालन गरियको थियो । उक्त अभियान बाट संकलित बहत्तर हजार दुईसय पांच रुपैंया पिडित दुर्गा प्रसाद तिमल्सिना लाई आज हस्तान्तरण गरिएको हो।विगत पन्ध्र दिन देखी संञ्चालित अभियान ले छोटो समयमै उक्त रकम संकलन गरेको थियो।

उक्त अभियानमा सहभागी भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव, सहयोगी मन हरुलाई धन्यवाद व्यक्त गर्दै अभियान्ता दिपक प्रसाद तिमल्सिना ले विभिन्न प्रकृति का पिडितहरुको सहयोगार्थ चलाईने यस्ता अभियानहरुले दुखमा परेकाहरु लाई थोरै भएपनी राहत पुग्ने वताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *