सोल
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले विश्व चर्चित पप ब्याण्ड बिटिएस न्हेत दिएका छन् ।
दक्षिण कोरियाको पहिलो राष्ट्रि युवा दिवस मनाउने सिलशीलामा उनीहरु राष्ट्रपति भवन गएका हुन् । भ्रमणका क्रममा उनीहरुले आफ्नो सफलताका कथाहरु राष्ट्रपति मुनलाई सुनाएका छन् ।
सन् २०१३ मा साङ्गितिक समुह गठनदेखि लिएर संयुक्त राज्य अमेरिकाको एक नम्बर बीलबोर्डमा समेत आफ्नो पहिलो अंग्रेजी गीत डाइनामाइटले नयाँ किर्तिमान पाएको बताउदै उनीहरुले आफूलाई बधाइ दिन राष्ट्रपति निवास बोलाइएकोमा धन्यवाद समेत ब्यक्त गरेका छन् ।
भेटका क्रममा उनीहरुले राष्ट्रपति मुन जे इनलाई उपहार समेत दिएका छन् । उनीहरुले बैजनी रङको काटुनमा समय चक्की नाम दिएको उपहार दिएका हुन् । उक्त उपहार १९ बर्ष पछि मात्र खोल्न समेत राष्ट्रपति मुनलाई अनुरोध गरेका छन् ।
भेटका क्रममा राष्ट्रपति मुनले बिटिएसले दक्षिण कोरियाली साङ्गितिक आकाशलाई थप चम्काउन ठूलो योगदान गरेको बताउदै दक्षिण कोरियाली सङ्गितलाई विश्वसामु चिनाउने सम्पुर्ण टोलीलाई बधाई समेत दिएका छन् ।हटपाटी