कर छलीको अभियोगमा दक्षिण कोरियामा ३० बिदेशी नागरिकमाथि अनुसन्धान

कोरिया समाचार

सोल

दक्षिण कोरियामा उच्च मुल्यका घर खरिद गर्दा कर छली गरेको अभियोगमा ३० जना बिदेशी नागरिकहरु माथि अनुसन्धान थालिएको छ ।

३९ बर्ष भन्दा कम उमेरका ति बिदेशीहरुले घर खरिद गर्दा कर छलेको पाइएको दक्षिण कोरियाको राष्ट्रिय कर सेवाले जनाएको छ ।

पछिल्लो समयमा विभिन्न छलकपट गर्दै कर छली गर्ने ९८ जना बिरुद्ध सरकारले कारबाही थालेको छ । उनीहरुले नक्कली कागज कारखाना खोलेको, झुटा आर्थिक विवरण प्रस्तुत गरेको, घरको कर नतिरेको जस्ता अभियोग ति बिदेशीहरुलाई लगाइएको छ ।

पछिल्लो पटक घटनामा एक तीस बर्षिय ब्यक्तिले पाचौँ तहको आय श्रोत देखाएता पनि उनको क्रेडिट कार्ड छैटौँ तहको तथा उनले खरिद गरेको घर सातौँ तहको पाइएको थियो ।

उनलाई अनुसन्धान गर्दा परिवारबाट पैसा लिएर खरिद गरेको पाइएको थियो । उनीमाथि प्रहरीले सम्पत्ति अपचलनको मुद्धा लगाउने तयारी गरेको छ ।

अन्यहरुको पनि सोही प्रकृतिका घटना पाइएकाले उनीहरुमाथि छानबिन भइरहेको राष्ट्रिय कर सेवाले जनाएको छ । यदि उनिहरुमाथि लागेको कसुर प्रमाणित भएमा आर्थिक अपचलन मुद्धामा कारवाही गरिने कर सेवाले जनाएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *