दक्षिण कोरियामा घट्दैछ कोरोना संक्रमण

कोरिया समाचार

सउल

दक्षिण कोरियामा मध्य अगस्टदेखि शुरु भएको दोश्रो लहरको कोरोना भाइरस संक्रमण विगत २ हप्तादेखि लगातार कम हुँदै गएको छ।

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार नयाँ संक्रमित थपिने क्रम लगातार ३ दिनदेखि १ सयभन्दा कम छ।

गएको २४ घण्टामा ५० जना नयाँ संक्रमित थपिए सँगै कोरियामा हालसम्म कुल संक्रमितको संख्या २३ हजार ६ सय ६१ पुगेको छ।आज थपिएका संक्रमितको संख्या गत अगस्ट १३ तारिखयताकै सबैभन्दा कम हो।

गत अगस्ट १४ मा राजधानी सउलमा रहेको एक चर्चले नेतृत्व गरेको सरकार बिरोधी प्रदर्शन पश्चात कोरोनाले दोश्रो लहरको माहामारीको रुप लिएको थियो।

त्यसताका सरकारले भाइरस नियन्त्रणको लागि तत्काल २.५ मिटर सामाजिक दुरीको अभियानलाई कडाइका साथ लागु गरेको थियो भने अहिले संक्रमणको दर घट्दै जाँदा सामाजिक दुरीलाई केही खुकुलो बनाएको छ।

यो हप्ता दक्षिण कोरियामा यहाँको ठुलो पर्व छुसक परेकोले यो अबधीभर मानिसको घुईचो लाग्ने सम्भावना भएसंगै पुन यहाँको सरकारले २ हप्ताको लागी सामाजिक दुरी को नियमलाई कडाई गर्ने भएको छ।

कोरियामा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ६ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या २१ हजार २ सय ९२ रहेको छ। त्यस्तै, कोरियाले हालसम्म २३ लाख १ हजार ३ सय ३ जनाको पिसिआर विधिबाट कोरोना भाइरस परीक्षण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *