सिओल
तपाईं हामी सबैको चाहाना हुन्छ, कमभन्दा कम लागतमा आधुनिक सुन्दर घर ठड्याउन सकियोस् । अझ कतिपयले पैसा जुवाड गर्न नसकेर आफ्नो घर बनाउने योजना बर्षेनी पछाडि धकेल्दै आइरहेका पनि हुन्छन् ।
आरसीसी (पिलर र ढलान) प्रविधिबाट एक तलाको सामान्य चार कोठे घर बनाउन पनि ३२/३५ लाख खर्च लाग्छ । अढाई तले घर बनाउँदा झन्डै ७० लाख खर्च गर्नुपर्ने हुन्छ । मनग्य आम्दानी नहुने बर्गले यत्रो रकम कहाँबाट जुटाउन सक्ला ?
खासगरी निम्नमध्यम तथा मध्यम बर्गले दशौं वर्ष मिहेनत र संघर्ष गरेर कमाएको पैसा अलिअलि बचत गरेर शहरमा जेनतेन एक टुक्रा जग्गा जोडेको हुन्छ । फेरी घर बनाउनका लागि अर्को दशौं बर्ष मिहिनेत र संघर्ष गर्नुपर्ने हुन्छ । एउटा घर ठड्याउने सपना पुरा गर्न संघर्ष गर्दा गर्दैसारा जीवन खर्च गर्छौं ।
तर, अब निर्माण क्षेत्रमा पनि नयाँनयाँ प्रविधि जन्मिदै छन् र यी बैकल्पिक बिधिले घर बनाउने सपसनालाई सहज र सुलभ बनाउँदैछन् । विश्वभरी विज्ञान र प्रविधिमा भएको विकासले तपाईंको आफ्नै घर बनाउने सपना छिट्टै साकार हुन सक्छ । पछिल्लो समय निर्माण क्षेत्रमा यस्तो आधुनिक प्रविधि विकास भइसकेको छ कि जसले कम लागतमै सुन्दर र बलियो घर ठड्याउन सम्भव भएको छ ।
अहिले विश्वभर निर्माण क्षेत्रमा विभिन्न प्रविधिहरु जन्मिएका छन् जसमध्ये हामीले तपाईंहरुलाई कोरियन प्रविधिबाट कम लागतमै बलियो र सुन्दर घर कसरी बनाउन सकिन्छ भनेर जानकारी गराउँदै छौं ।
कोरियन कम्पनी एसवाई प्यानलले कम लागतमै घर बनाएर तपाईंको सपना पुरा गरिदिन सक्छ त्यो पनि अत्यन्तै कम समयमा ! कोरियन प्रविधिबाट तीन कोठाको एकतले घर बनाउन १२ लाख, ठूल्ठूला चार कोठाको एकतले घर बनाउन २० लाख र अढाई तलाको १०कोठा भएको घर ५१लाख रुपैयाँ हाराहारी खर्च लाग्छ ।
एसवाई प्यानलका सिभिल इञ्जिनियर एवं मार्केटिङ म्यानेजर बिमलराज गोसाईं भन्छन्, ‘आरसीसी प्रविधिको तुलनामा कोरियन प्रविधिकबाट एक तलाको घर बनाउँदा ३० प्रतिशत र अढाई तलाको बनाउँदा २० देखि २५ प्रतिशतसम्म सस्तो पर्छ ।’
फेब्रिकेटेड घर बनाउन समय पनि धेरै लाग्दैन । तयारी सामान ल्याएर जडान गरिने हुँदा एक तलाको घर बनाउन एक महिना र अढाई तलाको घर बनाउन दुई महिना हाराहारी समय लाग्छ । जबकी आरसीसी प्रविधिको अढाई तले घर बनाउँदा कम्तीमा ६ महिना लाग्छ ।
दई वर्षअघि कोरियन नागरिकले चितवनमा ७२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर खोलेको एसवाई प्यानलले २ देखि ६ इन्चसम्मको मोटाईमा विभिन्नि किसिमका फेब्रिकेटेड छाना र वालहरु उत्पादन गर्दै आइरहेको छ । अहिले यो कम्पनीका देशभर ५३ वटा डिलर पुगिसकेका छन् अर्थात् कोरियन प्रविधि छोटो अवधिमै गाउँ शहर पुगिसकेको छ ।
कसरी बनाइन्छ कोरियन प्रबिधिबाट घर ?
चार आना जग्गामा १३६९ बर्गफिट क्षेत्रफल हुन्छ । यस्तै, तीन आना जग्गामा १०२६.७५ बर्गफिट क्षेत्रफल हुन्छ । इञ्जिनियर गोसाईंका अनुसार चार कोठाको फेब्रिकेटेड घर बनाउँदा बढीमा ७०० बर्गफिट क्षेत्रफल कभरेज हुन्छ ।
कोरियन प्रविधिले घर बनाउँदा ७०० बर्गफिटमा तीनवटा कोठा १२ बाई १२, एउटा बैठक कोठा १२ बाई १६, एउटा बाथरुम र प्यासेजसहितको घर ठडिन्छ । यो प्रविधिबाट घर बनाउँदा आरसीसी स्ट्रक्चरले झैं धेरै ठाउँ पनि खाँदैन ।
अहिलेको महंगाईमा धेरै जग्गा किन्न सकिदैन । यदि तपाईसँग तीन आनामात्र जग्गा भए पनि ३२६ बर्गफिट जग्गा घरको वरिपरि खाली रहन्छ । चार आना जग्गा छ भने गाडी राख्ने कम्पाउन्ड र सानो बगैंचा भएकै घर बनाउन सकिन्छ ।
जमिनमुनि फाउन्डेसनको निर्माण आरसीसी र कोरियन दुबै प्रविधिको घर बनाउँदा एउटै लागू हुन्छ । कोरियन प्रविधिको फेब्रिकेटेड घर बनाउँदा पनि जमिनमुनि गिट्टी, बालुवा, डन्डी र सिमेन्टबाटै आरसीसी संरचना नै निर्माण गरिन्छ ।
कोरियन फेब्रिकेटेड प्रविधिबाट एक तलाको घर बनाउँदा फाउन्डेसनको काममा त्यति धेरै खर्च हुँदैन । तर, दुई तलाभन्दा अग्लो घर बनाउँदा जमिनमुनि हात्तिपाइले र डबल टाइपिङ नै गर्नुपर्छ जसरी आरसीसी प्रविधिबाट घर ठड्याइन्छ ।
उता आरसीसी प्रविधिमा भने एक तलाको घर बनाउँदा पनि डबल टाइपिङ बनाउनै पर्ने हुन्छ ।
एक तलाको चार कोठे घरको खर्च
एसवाई प्यानलका इञ्जिनियर गोसाईंका अनुसार एक तले फेब्रिकेटेड घर बनाउनका लागि जमिनमुनि डबल टाइपिङ र हात्तिपाइले बनाउन पर्दैन । उनी भन्छन्, ‘एक तले घर बनाउँदा डबल टाइपिङ गर्नु नपर्ने हुनाले खर्च पनि कम लाग्छ ।’
कम्पनीका अनुसार ७०० सय बर्गफिट क्षेत्रफलमा फाउन्डेसनको काम गर्दा प्रतिबर्गफिट साढे सात सय रुपैयाँका दरले ५ लाख २५ हजार रुपैयाँ खर्च लाग्छ । जमिनमुनि फाउन्डेसनको काम पूर्णतया सिमेन्ट, बालुवा, गिट्टी र डन्डी प्रयोग गरेर गरिन्छ ।
जमिनभन्दा माथि कोरियन प्रविधिको फेब्रिकेटेड निर्माण सामाग्री प्रयोग गरिन्छ । गोसाईं भन्छन्, ‘७ सय बर्गफिटमा एकतले फेब्रिकेटेड स्ट्रक्चर (घर) ठड्याउन प्रतिबर्गफिट १८ सय रुपैयाँका दरले १२ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । वाल, झ्याल, ढोका, किचन, ट्वाइलेट बाथरुम, भ¥याङ, छानो सबै यही खर्चभित्र पर्न आउँछ ।
यस्तै, प्लम्बिङ र इलेक्ट्रिफिकेसनको काममा एक लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । सेफ्टी ट्यांकी र अन्डरग्राउन्ड ट्यांकी बनाउनुभयो भने अर्को १ लाख २० हजार रुपैयाँजति खर्च लाग्ने गोसाईंं बताउँछन् । छतमा एक हजार लिटर पानी अट्याउने ट्यांकी कम्पनी आफैले राखिदिन्छ ।
घर बनाइसकेपछि कम्पाउन्ड र गेट पनि बनाउन परिहाल्यो । कम्पाउन्ड बनाउनका लागि अतिरिक्त ५० हजार रुपैयाँ हाराहारी खर्च हुन्छ ।
अब एसवाई प्यानलबाट एक तला घर बनाउँदा करीव करीव २० लाख रुपैयाँ खर्च लाग्ने इञ्जिनियर गोसाईं बताउँछन् ।
२० लाख रुपैयाँमा पूर्ण तयारी चार कोठाको घरको चाँबी ग्राहकलाई ह्यान्डओभर गर्न सकिने उनको भनाई छ । घरमा फर्निसिङको काम भने घरधनी आफैले गर्नुपर्ने हुन्छ ।
तीन कोठे घर १२ लाखमै तयार
इञ्जिनियर गोसाईंका अनुसार साढे ५ सय बर्गफिटमा पनि राम्रो घर बन्छ । यदि ३ कोठाको घर बनाएमा १२ लाखमै तयार हुने उनको भनाई छ । सानो जग्गा हुने र कम आयस्रोत हुनेका लागि यस्तो घर उपयुक्त हुने देखिन्छ । गोसाईं भन्छन्, ‘यति जग्गामा १० बाई १२ बर्गफिटका कोठा र सानो किचन बनाएमा चारवटै कोठा निकाल्न सकिन्छ ।’
अढाई तले घर पनि सस्तोमै
अढाई तलाको फेब्रिकेटेड घर बनाउँदा जमिनमुनि डबल टाइपिङ गर्नुपर्छ । ७ सय बर्गफिट क्षेत्रफलको घर बनाउन डबल टाइपिङ गर्दा प्रतिबर्गफिट १५ सय रुपैयाँका दरले १० लाख ५० हजार रुपैयाँ खर्च हुन्छ । यस्तै, जमिनमुनि सेफ्टी ट्यांकी र रिजर्भ ट्यांकी बनाउँदा अर्को एक लाख २० हजार रुपैयाँ खर्च हुन्छ ।
गोसाईंका अनुसार गिट्टी, बालुवा, सिमेन्ट र डन्डीबाट गरिने जमिनमुनिको काम सिध्याउन करीव ११ लाख ७० हजार रुपैयाँ लागत पर्न आउँछ ।
जमिनमाथि अढाई तलाको १० कोठाको घर बनाउँदा कुल १७ सय ५० बर्गफिट क्षेत्रफल हुन आउँछ । कोरियन प्रविधिको फेब्रिकेटेड प्यानलबाट अढाई तले घर बनाउँदा १७५० बर्गफिट क्षेत्रफलमा प्रतिबर्गफिट १८ सय रुपैयाँका दरले ३१ लख ५० हजार रुपैयाँ लागत पर्न आउँछ । यो खर्चभित्र वाल, झ्याल, ढोका, किचन, ट्वाइलेट बाथरुम, भ¥याङ, छानो, फलसिलिङ सबै अटाउँछन् ।
अढाई तलाको घर बनाउँदा प्रत्येक तलामा ढलान गर्नुपर्ने हुन्छ ।फ्लोरिङ गर्दा १७५० बर्गफिटको प्रतिबर्गफिट ३०० सय रुपैयाँका दरले ५ लाख २५ हजार रुपैयाँ पर्न आउँछ । गोसाईंका अनुसार प्रत्येक तलामा मेटलको डेकिङ राखेर ३ इन्चको ढलान हुन्छ । घरको छानो फेब्रिकेट प्यानलबाटै बनाइन्छ ।अढाई तले घरमा प्लम्बिङ र इलेक्ट्रिफिकेसनको काम गर्दा करीव करीव २ लाख रुपैयाँ खर्च हुने गोसाईं बताउँछन् । कम्पाउन्ड गेट बनाउनका लागि अतिरिक्त ५० हजार रुपैयाँ हाराहारी खर्च हुन्छ ।
अब कोरियन प्रविधिको फेब्रिकेट प्यानल प्रयोग गरेर अढाई तलाको घर बनाउँदा करीव ५१ लाख रुपैयाँ खर्च हुन्छ जबकी आरसीसी प्रविधिबाट अढाई तलाको घर बनाउँदा ७०/७५ लाख रुपैयाँ खर्च लाग्छ ।
कुन ठाउँमा के प्रयोग हुन्छ ?
कोरियन प्रविधिबाट घर बनाउँदा जगमा सिमेन्ट, गिट्टी, बालुवा र डन्डी प्रयोग गरेर फाउन्डेसन बनाइन्छ । यस्तै, जगभन्दा माथि स्ट्रक्चर फ्रेमिङ गर्दा फलामको प्रयोग हुन्छ । आरसीसी प्रविधिमा भने सिमेन्ट, गिट्टी, बालुवा र डन्डी प्रयोग गरेर पिलर र बीम बनाउने गरिन्छ ।
वाल बनाउन एसवाई प्यानल (ईपीएस स्यान्डविथ ननबन्ड प्यानल) प्रयोग हुन्छ । कम्पनीले २ देखि ६ इञ्च मोटाईसम्मको प्यानल उत्पादन गर्दै आइरहेको छ । गोसाईं भन्छन्, ‘हामीले माथि उल्लेख गरेको घरमा दुई इञ्च मोटाई भएको कोरियन प्यानल प्रयोग गरिन्छ ।’
झ्यालमा कोरियन प्रविधिकै युपिभिसी झ्याल प्रयोग गरिन्छ जुन ११५ एमएम मोटाईको हुन्छ । यो पनि कोरियाबाट आउने गुणस्तरीय मेट्रियल्स भएको गोसाईं दाबी गर्छन् ।
ढोका तीन प्रकारको हुन्छ । मुख्य ढोकामा स्टिल डोर प्रयोग हून्छ । भित्र घाम र पानी नपर्ने ठाउँमा एबीएस वा प्यानल डोर प्रयोग गरिन्छ । यी पनि कोरियन गुणस्तरमा उत्पादित फायर प्रुफ स्टिल ढोकाहरु हुन् ।
गोसाईं थप्छन्, ‘हाम्रो चितवन टाँडीमा रहेको फ्याक्ट्रीमा प्यानल एसेम्बल्ड हुन्छ, कच्चा पदार्थ बाहिरबाटै ल्याउने गर्छौं ।’
भान्छामा मेटल फ्रेमिङ वा चार इञ्चको गाह्रो लगाएर ग्रेनाइट र सिंक राखेर भान्छा तयार गरिन्छ । भान्छाको फर्निसिङ आफ्नो छुट्टै खर्चमा गर्नुपर्ने हुन्छ । मेटलबाट बनाइएको भ¥याङको स्टेपहरुमा सिमेन्ट, बालुवा र गिट्टीको घोल राखिन्छ जसले गर्दा हिँडडुल गर्दा आवाज आउँदैन ।
ट्वाइलेट बाथरुम कम्पनीले पुरै फिनिसिङ गरिदिने गोसाईं बताउँछन् ।
उनका अनुसार रुफ (छानो) प्यानल पनि २ देखि ६ इन्च मोटाईसम्मको बन्छ । कोरियन फेब्रिकेटेड प्यानलको छानो पिपिसी ढलानजस्तो तात्दैन । यसमा इन्सुलेसन प्रयोग गरिएको हुन्छ, तातो र चिसो भित्र नछिर्ने मात्र होइन कि पानी र असिना परेको आवाज पनि भित्र छिर्दैन ।
इन्सुलेसन प्रविधि हुनाले घरमा चिसो र तातो मेन्टेट गर्छ । गर्मी हुँदा धेरै गर्मी र चिसो हुँदा धेरै चिसो पनि हुँदैन । खासगरी अत्यन्तै गर्मी हुने तराई बेल्टमा यो प्रविधि सबैभन्दा धेरै उत्तम हुने गोसाईं बताउँछन् । ‘बाहिरको आवाज भित्र छिर्न सक्दैन, इँटाको गाह्रोमा झैं एउटा कोठाको आवाज अर्को कोठामा पनि पुग्दैन’ उनी भन्छन्, ‘फेब्रिकेटेड प्यानलहरु पनि आरसीसी घरमा झैं आवाज नछिर्ने प्रविधियुक्त हुन्छन् ।’ प्यानलहरु प्रिन्टेड हुने हुनाले घरमा कलर गरिरहनु पर्दैन ।
कम्पनीका अनुसार कोरियन प्रविधिको घरको आयु ५० वर्ष हो । त्यसपछि मर्मत सम्भार गरेर घर टिकाउन सकिन्छ । विदेशतिर मर्मत सम्भार गरेर १० वर्षसम्म पनि फेब्रिकेटेड घर टिकाउने गरेको उनको भनाई छ । गोसाईं भन्छन्, ‘आरसीसी घरको पनि नियम अनुसार अधिकतम आयु ५०÷६० वर्ष हो, तर धेरै समय चलाइरहेका हुन्छन् ।’
एसवाई प्यानलको नेपाल यात्रा
कोरियाली कम्पनी एसवाई प्यानलले चितवनको उद्योबाट फेब्रिकेटेड भवन निर्माण गर्न विभिन्न कलर र मोटाईका छाना र वाल उत्पादन गर्दै आइरहेको छ ।
कम्पनीद्धारा उत्पादित छाना र वालले ८ देखि १० डिग्रीसम्म तापक्रम रोक्न सहयोग गर्ने कम्पनीको दाबी छ । छिटो र सजिलै भूकम्पप्रतिरोधि घर बनाउन सकिने हुँदा पहाडी र हिमाली भेगमा बरदान सावित हुने गोसाईं बताउँछन् ।
कम्पनीका अनुसार १२ सय डिग्री तापक्रम कलर कोटर गरिएको स्टील दुईतिर र बिचमा पोलिटाइरोन इन्सुलेसन गरिने भएकोले चिसो र तातो रोक्न मद्दत गर्छ ।
यो प्रविधिबाट बनाइएको घरहरु अग्नीप्रतिरोधक हुने कम्पनीको दाबी छ । नेपालजस्तो भूकम्पीय जोखिम भएको ठाउँमा घर, भवन, स्कुल, कलेज लगायत निर्माणका लागि उपयुक्त रहेको कम्पनी बताउँछ ।
कम्पनीले आवासिय घरदेखि सरकारी भवनसम्म यही प्रविधि प्रयोग गरेर बनाउँदै आइरहेको छ । यस्तै, पुराना बढी लोड थेग्न नसक्ने घरमा पनि यही प्रविधिले तला थप्ने काम भइरहेको छ । चावेलको क्यूएफएक्स बिल्डिङ र बौद्धको चर्च पनि कोरियन प्रविधिबाटै बनाइएको हो ।
लुम्बिनीमा निर्माणाधिन ५ हजार क्षमताको सभाहलको रुफिङ बनाउने जिम्मेवारी पनि एसवाई प्यानलले पाएको छ । न्यूरो अस्पतालमा दुई÷दुई तलाका ३ वटा बिल्डिङ फेब्रिकेटेड प्यानलबाटै बनाइएको छ ।
नेपालमा एसवाई प्यानलको उत्पादनहरु छाना, पार्खाल र पार्टेसन वाल प्रयोग गरेर क्वारेन्टिन, स्कुल, कलेज, अस्पताल, काखाना, कार्यालय, कृषि फर्म हाउस, वेयर हाउस, ह्याचरी, प्रहरी÷सैनिक क्याम्प, जनता आवास, सभाहल, आकस्मिक कक्ष, सेल्टरहरु, सटर, सपिङ कम्पलेक्स, होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, एयरपोर्ट, रंगशाला, जीम हल, हाइड्रोपावर लगायत निर्माण गर्न सकिन्छ ।
कुनै पनि प्रविधिबारे आमजनतालाई आश्वस्त बनाउन समय लाग्छ । जीवनभर कमाएको पैसा नयाँ प्रविधिमा हालिहाल्न धक मान्छन् । कतै नयाँ प्रविधि प्रयोग गर्दा घर कमजोर हुने हो कि भन्ने मनमा डर पैदा हुन्छ । त्यसैले पनि कोरियन प्रविधिप्रति जनतालाई आश्वस्त बनाउन प्रयासरत रहेको गोसाईं बताउँछन् ।
उनी कुराकानीको बिट मार्दै भन्छन्, ‘हामीलाई सुरुमा कोरियन प्रविधिप्रति आश्वस्त बनाउन निकै कठिन भयो, जुन मान्छेले विदेशमा देखेर फर्कियो उनीहरु यस प्रविधिप्रति बढी इच्छुक देखिए, तर विस्तारै अरुले बनाएको देखेपछि यहाँका स्थानीयहरु पनि सकरात्मक बन्न थालेका छन्, इन्क्वायरी बढ्न थालेको छ ।’हटपाटीमा प्रकाशित