केपि सिटौला
यहि आउंदो अक्टोबर १०तारिक उड्ने तयारिमा रहेको एशियाना एयरलाईन्स को चार्टर उडान निस्चित छैन अथवा उड्दैन भन्ने भ्रम र हल्ला फैलाएर यात्रुहरुलाई अन्योल बनाइदै गरेको बिसयमा हाम्रो ध्यानाकर्षण भएको छ।
जजस्ले टिकट काटि सक्नु भएको छ र जो अझै काट्ने तयारिमा हुनुहुन्छ। ढुक्क भएर यात्राको तयारि गर्नुहुन हामि अनुरोध गर्दछौं।१०अक्टोबरको उडानका लागि आवस्यक अनुमतिहरु सबै पुरा गरिसकिएको छ।
कुनै एक नेपाली मिडियाले पनि चार्टर नहुने भनिएको भएता पनि कोरियाको स्थिति फरक छ र तुरुन्तै नियमित उडान हुने कुरा पनि न्युन देखिन्छ। सके सम्म नियमित उडान संचालन हुन र सबैले सहुलियत रुपले सेवा पाउन भन्ने बिसयमा हामि पनि माग गर्दछौं।
इन्छन काठमाडौको प्रत्यक्ष उडान सुरु भएको १४बर्ष सम्म कुनै एक एयरलाइन्सले मात्र उडान भर्नु, नेपाल एयरलाइन्सले कोरिया अनुमति लिन नसक्नु यि आदि कारणले आउने जाने हामि नेपालिहरु मात्र नभएर नेपाल घुम्न जाने पर्यटक हरुले समेत मंहङो भाडा तिर्नु पर्ने बाध्यतालाई थोरै भए पनि कम गराउनका लागि विकल्पको रुपमा आसियाना एयरलाइन्सलाई लिएका छौँ ।
कोरोना कहरको सुरुआत संगै नेपालमा बिदा गएर अड्किनु भएका अनि कोरियाबाट नेपाल फर्कन चाहनेहरुलाई थोरै भएपनि कम मुल्यमा ल्याउने लाने प्रताब नेपाल सरकार सम्म पुर्याएता पनि हामिले बिस्वास जित्न सकेनौ र त्यो असम्भब भयो।
अन्तिम बिकल्पको रुपमा आसियाना एयर संग धेरै बार्ताहरु पछि अहिले चार्टरबाट सुरु गरेर आउदा दिनमा नेपालको नियमित उडानको आधिकारिक प्रस्ताब नेपालि दूतावास मार्फत नेपाल सरकारको संबन्धित निकायहरुमा पेस गरियो। अर्को बर्ष खुल्नै लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय एयर्पोर्ट आदि बिसयहरुलाई मध्य नजर राख्दै यो अभियान नेपाल र कोरिया बिचको सम्वन्ध सुधार र पर्यटन क्षेत्रको बिकासका लागि समेत अपरिहार्य छ भन्ने कुरामा धेरै मीटिङ्ग बार्ताहरु भए।
यस्मा संलग्न पर्यटन क्षेत्रका अग्रजहरु, कोरियन पर्यटकलाई प्रत्यक्ष सेवा दिइरहनु भएका ट्राभल एजेन्सिका साथिहरु, लुम्बिनि प्रबर्धन परियोजनाका ब्यक्तित्वहरुको बिचारलाई मनन गर्दै माननीय पर्यटन मंन्त्रीज्यु र वहांको मन्त्रालयले आसियाना एयरको नेपाल प्रबेसको ढोका खोलिदिनु भएपछि गत २०सेप्टेम्बर पछि अब आउने १०तारिक नेपालकालागि दोस्रो यात्रु बाहक चार्टर उडान हुंदैछ। यो कुरा हामि सबैकोलागि खुसि र आउंदा दिनमा चासोको बिसय बन्नु पर्छ भन्न चाहान्छु। स्मरणका लागि यहि कोभिड-19 बिसम परिस्थितिमा पनि अस्दियानाले बिगतमा तिनवटा र अब तुरन्तै एक गरेर ४वटा कार्गो उडान गरि सकेको छ।
मैले यहाँ जोडन खोजेको बिसय के हो भने यति ठुलो उदेश्यहुंदा हुदै पनि यसलाई बिफल पार्न पछि एउटा निकै ठुलो जमात पछि लागेको छ। जसले छरिरहेको भर्मका पछि कोहि नलागिकन एयरलाइन्सले दिने सेवा सुबिधा र मुल्य अनि दीर्घकालीन फाइदालाई मनन गरेर आफ्नो निर्णयगरिदिनु हुन सम्पुर्ण कोरियाबाशि जनसमुदायमा अनुरोध गर्दछु।
धेरैले भन्न सक्नु हुन्छ महङ्गो भाडालिएर टन्न कमाउन गरेका त हुन चार्टर ? प्रश्न स्वबाभिक पनि हो तर वास्तविकता केहि फरक छ। चार्टर उडान आफैमा रिस्क पनि र प्रोफिट पनि बढी भएको ब्याबसाय हो। बजार एकलौटी र यात्रु जति पनि हुने हो भने यसमा राम्रै नाफा हुने हुन्छ। तर अहिलेको बदलिदो बिसम परिस्थितिमा सोचे भन्दा ठुलै घाटा बेहोर्नु पर्ने अबस्था पनि आइसकेको छ।
यति रिस्क हुंदा हुदै पनि बिगत ५महिना धेरै दुख गरेर सुरु गरिएको यो उडान नरोकियोस भन्ने मुल मर्मलाई सबैले मनन गरि सहयोग गरिदिनु हुन अनुरोध सहित बिस्वास पनि राख्दछु। कोरियाकै सन्दर्भमा बिगत र अहिलेको भाडा दर सेवा सुबिधा र समय तालिका हेरेर आफै मनन गर्न सक्नु हुन्छ। खुला बजार भनेकै यहि होइन र ??
अब अहिले आएर कोरियन सरकारले भिसा थपिदिए पछिबअनि नेपालमा पनि कोरोनाको बढ्दो संक्रमणको कारण आउने जानेको संख्या घटेपछि न त एयर्लाइन्सहरुले नियमित उडाननै गर्नेवाला छ्न, नत कम यात्रु संख्यामा चार्टर उडान नै हुन सक्छ। नयां र सस्तोलाई हामिले साथ दिन सकेनौं र घाटामै उडान गरि रहनु पर्यो भने उ पनि पछाडि सरेपछि अन्तत पुनः एकाधिकारले नै प्रसय पाउने निस्चित नै छ।
तसर्थ क्षणिक र ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर दीर्घकालीन र सामुहिक लाभका लागि हामि सबै एकबद्ध हुन जरुरी सम्झदै यहि अनुरोध पनि गर्न चाहान्छु। धन्यबाद।