सोल
दक्षिण कोरियाली कार निर्माता कम्पनि हुन्डाईले आफ्नो उत्पादन र बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ ।
चालु बर्षको पछिल्लो ७ महिनाको मुल्याङ्कनका क्रममा कम्पनिको बिक्री विश्वमा नै चौथो नम्बरमा रहेको छ । कम्पनिले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार उसको बिक्री गत बर्षको सोही समयको तुलनामा २५ प्रतिशतले बढेको छ ।
जनावरी बाट जुलाई सम्ममा कम्पनिले ६० हजार ६०७ युनिट विद्युतीय सवारी साधनको बिक्री गरेको छ । तथ्याङ्क अनुसार अमेरिकी कार निर्माता कम्पनि टेस्ला १ लाख ९१ हजार ९७१ युनिट बिक्री सहित सुचीको पहिलो स्थानमा रहेको छ ।
दोश्रो स्थानमा रेनल्ट निशान रहेको छ जसले सोही समयमा ८६ हजार १८ ९ युनिट सवारी साधन बिक्री गरेको छ । तेश्रो स्थानमा जर्मनिको भोल्क्सवागन रहेको छ जसको बिक्री ७५ हजार २२८ युनिट रहेको छ ।
चिनिया मोटर उत्पादक कम्पनि बिवाइडी ले ४२ हजार ३४० युनिट कार बेचेर पाचौं स्थानमा रहेको छ भने झुण्डायीकै शाखा कम्पनि किया मोटर्सले उक्त सुचीको आठौं स्थान ओगट्न सफल भएको छ ।
यता हाइड्रोजनमा आधारित इन्धन उत्पादन तथा विक्रीमा भने हुन्डाई कम्पनि विश्वकै पहिलो नम्बरमा रहेको छ । कम्पनिले सोही समयमा २८७ ९ युनिट बिक्री गरेको छ भने नपकटतम प्रतिस्पर्धी जापानी कम्पनी टोयोटाले ४३९ युनिट बिक्री गरेको छ ।