सौल
उत्तर कोरियाका एक वरिष्ट कुटनीतिज्ञ हाल दक्षिण कोरिया सरकारको संरक्षणमा दक्षिण कोरियामा रहेको एक सांसदले बताएका छन् ।
इटालीका लागि उत्तर कोरियाली । ती कुटनीतिज्ञ सन् २०१८ को अन्त्यतिर इटालीबाट फरार भएका थिए । दक्षिण कोरियाली सांसदले सार्वजनिक गरेको तथ्य प्रमाणित भएमा उत्तर कोरिया परित्याग गर्ने जो सोङ गिल दोस्रो बरिष्ट अधिकारी हुनु हुनेछ ।
उहाँ इटालीका लागि उत्तर कोरियाली राजदूत हुनुहुन्थ्यो । यसअघि सन् १ ९९ ७ मा सत्तारुढ उत्तर कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी हाइ जाइ – योप उत्तर कोरिया परित्याग गरेर दक्षिण आइपुग्नु भएको थियो । ह्वाङ जाङ योपले स्वर्गीय नेता किम जोङ – इललाई पढाउनु भएको थियो ।
दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कुटनीतिज्ञ जो नोभेम्बर २०१८ मा आफ्नी पत्निसहित रोम ।निवास छाइनु भएको बताएको थियो । युरोपेली मुलुकभन्दा बाहिरको मुलुकमा उहाँ रहनु भएको पनि गुप्तचर प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण कोरियाली नेसनल एसेम्ब्लीको गुप्तचर समितिका सदस्य समेत रहनु भएका सांसद हा ताए – केयुङले उत्तर कोरियाली कुटनीतिज्ञ जो सोङ गिल गत वर्ष दक्षिण कोरिया ।
आइपुगेको बताउनु भएको छ । दक्षिण कोरियाली संचार माध्यमहरुले मंगलबार साँझ उत्तर कोरियाली कुटनीतिज्ञ दक्षिण कोरियामा रहेको समाचार प्रशारण गरेका थिए । सांसद हा ले कुटनीतिज्ञ जो को सुरक्षाका लागि थप विवरण दिन अस्वीकार गर्नुभयो ।
सांसद हा ले समाचारको स्रोतका बारेमा केही बताउनु भएको छैन । तर दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान विभागले नै विवरणहरु सांसदलाई बताएको अनुमान गरिएको छ ।
तर विभागले कुटनीतिज्ञको आगमनका बारेमा अध्ययन गरिरहेको बताएको छ । दक्षिण कोरियाको विदेश तथा एकीकरण मामिला मन्त्रालयले भने उक्त रिपोर्टको सत्यताका बारेमा केही बताएको छैन । कुटनीतिज्ञ जो सोङ गिलभन्दा अघि लन्डनस्थित राजदूतावासमा कार्यरत थाए योङ हो पनि दूतावास परित्याग गरी भाग्नु भएको थियो ।
उहाँ सन् २०१६ मा सियोल भएको थियो र यसैवर्ष संसदका लागि निर्वाचित हुनु भएको थियो । सन् १९९० को दशकयता उत्तर कोरिया परित्याग गरेर दक्षिण कोरिया आइपुगेकाहरुको संख्या करिब ३३ हजार पुगिसकेको छ ।
दक्षिण कोरिया आइपुगेकाहरुले उत्तर कोरियामा राजनीतिक दमन भएको र गरिबी अति ठूलो समस्या रहदै आएको बताएका छन।हटपाटी