दक्षिण कोरियाका प्रत्येक नागरिकले एक महिनामा कम्तिमा ३० घण्टा समय युट्युवमा बिताउछन्

कोरिया समाचार

सिओल

हालै गरिएको एक अध्ययन अनुसार दक्षिण कोरियामा रहेका प्रत्येक मानिसले महिनामा ३० घण्टाको हाराहारीमा युट्युवमा समय बिताउने गरेको पाइएको छ ।

अध्ययनका अनुसार उक्त समय उनीहरुले चलाउने सामाजिक सञ्जालहरु मध्येकै बढी हो ।दक्षिण कोरियाली प्रयोगकर्ताहरुले औषतमा २९.५ घण्टा गुगल केन्द्रित भिडियो एप्लिकेशनहरुमा समय बिताउछन् जबकी दक्षिण कोरियाली मेसेजिङ एप्लिकेशन काकाओ टक्समा जम्मा १२ घण्टा समय विताउछन् ।

उक्त तथ्याङ्क दक्षिण कोरियाली डाटा ट्र्याकर संस्था आइजिए वर्क्सले उपलब्ध गराएको द कोरियन हेराल्ड पत्रीकाले जनाएको छ ।तथ्याङ्क अनुसार प्रयोगकर्ताहरुले फेसबुकमा ११.७ घण्टा समय बिताउछन् भने नाभेर नामक दक्षिण कोरियाली सामाजिक सञ्जालमा १०.२ घण्टा समय खर्चन्छन् ।

इन्स्टाग्राममा कोरियाली प्रयोगकर्ताहरुले औषतमा मासिक ७.५ घण्टा समय खर्चने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।उक्त तथ्याङ्क अनुसार दक्षिण कोरियामा करिव ४ करोड ३२ लाख युट्युवका सकृय सदस्यहरु रहेका छन् ।

जुन ५ करोड १८ लाख जनसंख्याको करिव ८३ प्रतिशत हो । काकाओ टक्स एप प्रयोग गर्नेहरुको संख्या समेत राम्रै रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त एप्लिकेशन प्रयोग गर्ने जनसंख्या करिव ४ करोड ५५ लाख रहेको छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *