यौनधन्दा फष्टाउँदै काँकडभिट्टामा

मुख्य समाचार

काँकडभिट्टा/ पूर्वी नेपालको सीमाक्षेत्र काँकडभिट्टाका होटलमा यौनधन्दामा संलग्नलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।

यो घटनाले यौनधन्दा फष्टाउँदै गएको पुष्टि गरेको छ । यसअघि पनि प्रहरीले पटक–पटक यो क्षेत्रबाट यौनधन्दामा संलग्न जोडीलाई पक्राउ गर्दै आएको थियो । काँकडभिट्टाका होटलहरूमा दिउँसै यौनधन्दामा संलग्नलाई पक्राउ गरेको छ । आइतबार प्रहरीले तीन जोडीलाई रङ्गेहात पक्राउ गरेको दाबी गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले आदर्श होटलमा छापा मार्दा आपत्तिजनक अवस्थामा ३ जोडीलाई पक्राउ गरिएको इप्रका काँकडभिट्टाका डिएसपी महेश थापाले बताए । मेचीनगर–३ का २६ वर्षीय शिवकुमार शर्मा, मेचीनगर–६ का ३० वर्षीय दिलु गौतम, मेचीनगर–६ का २७ वर्षीय विकास भट्टराईलाई नियन्त्रणमा लिएको हो । प्रहरीले युवतीको नाम गोप्य राखेको छ ।

मेचीनगर–२, दमक–७ र मेचीनगर–३ की युवतीलाई युवाहरूको साथबाट नियन्त्रणमा लिई मुद्दा चलाएको छ । त्यसक्रममा होटल सञ्चालिका निर्मला मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । त्यस्तै झापाली होटलबाट काँकडभिट्टाका २७ वर्षीय मिलन सुब्बा र मेचीनगर–६ की २२ वर्षीया युवतीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरी कारबाही अघि बढाइने डिएसपी महेश थापाले जानकारी दिए । केही समययता झापाको दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर, सुरुङ्गाजस्ता शहरका होटलमा प्रहरीले युवायुवतीलाई पक्राउ गरेका प्रशस्तै उदारहणहरू छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *