कोरियाबाट बिदा वा कम्पनी छाडेर नेपाल जादै हुनु हुन्छ भने यि कुराहरु जानी राख्नुहोस

कोरिया समाचार

सिओल

दक्षिण कोरियाबाट नेपाल फर्किने E9 वा अन्य भिसा बाहक नेपाली नागरिकहरु नेपाल प्रस्थान अगावै तपसिल अनुसारको जानकारी राख्नुहुन सुचित गरिएको छ ।

१. क्वारेन्टाइन बस्ने ठाउँ आफै खोजेर (आफ्नो कार्डमा दर्ता भएको क्षेत्रमा) घरबेटी संग सम्झौता गरेर सम्झौता पत्र लिएर गएमा पछि फर्किनु अघि (२० दिन जति अगाडी) नेपालको HRD शाखामा सोहि ठेगाना र आफु फर्किने उडानको मिति, उडान नम्बर राखेर क्वारेन्टाइन कन्फरमेसन फारम भरेर बुझाई फर्किने प्रक्रिया गर्न सक्नुहुनेछ ।

करिब १५ दिनको अवधिमा तपाइँले उल्लेख गरेको ठाउँ क्वारेन्टाइन बस्न उचित भएको निश्चित भएमा उडान अनुमतिको लागि आवस्यक क्वारेन्टाइन कन्फरमेसन सर्टिफिकेट प्राप्त गर्नुहुनेछ र उडान गर्न सक्नुहुनेछ ।

२. अहिले क्वारेन्टाइन स्थल नखोजी गएमा पछि फर्किनु भन्दा २० ~ २५ दिन अगाडी कोहि साथी वा सहयोगी मार्फत बस्ने ठाउँ खोजि माथि भनिए जस्तै गरि नेपालको HRD शाखामा निबेदन दिनुपर्ने हुन्छ ।

कोरिया बाट जाने सिधा उडान चार्टर मात्र भएको हुँदा एकतर्फी मात्र टिकट प्राप्त हुनेछ, फर्किदा छुट्टै टिकट काटेर आउनु पर्नेछ ।

E9 बाहेक अन्य भिसा हुने यात्रुलाइ क्वारेन्टाइन कन्फरमेसन सर्टिफिकेट आवस्यक पर्दैन, आफ्नो अनुकुलता अनुसार टिकट काटेर फर्किन सक्नुहुनेछ ।

अहिले कै भिजा मा पुन: फर्किने सबै यात्रुले RE-ENTRY PERMIT लिएर जानु पर्नेछ, आफ्नो क्षेत्रको अध्यागमन वा विमानस्थलको अध्यागमन कार्यालय बाट सो अनुमति लिई प्रस्थान गर्नुपर्दछ ।

RE-ENTRY PERMIT काम खोज्ने लेटर लिई जानेहरुलाई त्यहि काम खोज्ने अवधि सम्मको प्राप्तहुने छ भने अन्य छुट्टीमा जानेहरुलाई बढीमा १ बर्षको वा भिजा १ बर्ष भन्दा कम भएमा भिजा अवधि भित्रमा आउन पाउने गरि प्रदान गर्नेछ। RE-ENTRY PERMIT शुल्क: ३०,००० वन लाग्ने छ ।

-NRNA KOREA

Leave a Reply

Your email address will not be published. Required fields are marked *