कोरियामा यो बर्ष निकै कम संख्यामा बिदेशी कामदार भित्रिए , थप भित्राउने वारे अझै अन्योल

कोरिया समाचार

किशन गौतम/सिओल

सन २०२० को १० महिना अबधिमा दक्षिण कोरिया भित्रिने बिदेशी कामदारको संख्या ५ हजार ५ सय ९० पुगेको छ l

विश्वव्यापी रुपामा फैलिएको कोरोना भाइरसका कारण गत मार्च देखि दक्षिण कोरियाले बिदेशी कामदार भित्राउने क्रम पूर्ण रुपमा बन्द गरेकोले यस बर्ष निकै कम संख्यामा कामदार कोरिया भित्रिएका हुन l

सत्तारुढ दल डेमोक्रेटिक पार्टीका नेता कांग हून -सिकका अनुसार यो बर्षको १० महिना अबधिमा भित्रिनुपर्ने कुल संख्याको ९.९ प्रतिशत मात्र कामदार कोरिया भित्रिएका छन् l

यधपी कोरिया सरकारले इ- नाइन भिषा मार्फत यो बर्षको निमित्त ५६ हजार कामदार भित्राउने घोषणा गरेको थियो l पछिल्लो समय कोरोना भाइरसको प्रवाब बढ्न थालेपछि कोरियाले गत मार्च देखि बन्द गरेको बिदेशी कामदार भित्राउने क्रम अझै सुचारु गर्न सकेको छैन l

लामो समय देखि बिदेशी कामदार नभित्रिदा यहाका साना तथा मझौला कम्पनीहरुमा कामदारको ब्यापक अभाब भएको रोजगारदाताहरुले गुनासो गर्दै आइरहेका छन् l

इपिएस लागु भएका नेपाल सहित बिभिन्न देशबाट भाषा पास गरि सम्पूर्ण प्रक्रिया पुरा गरेका युवाहरु दक्षिण कोरियाको कामदार भित्राउने नयाँ नीतिको प्रतिक्षामा छन् l कोरियाले भने कहिले देखि बिदेशी कामदार भित्राउने भन्ने वारेमा स्पष्ट धारणा बनाएको देखिदैन l

यसरी सम्पूर्ण इपिएस प्रक्रिया पुरा गरि कोरिया प्रवेशको प्रतिक्षामा बसेका हजारौ युवाहरु कतै नजिकिएको रोजगारी गुम्ने त होइन भन्ने विषमा चिन्तित देखिन्छन l

यता सत्तारुढ पार्टीका नेता काङ भन्दछन ” विदेशबाट कामदारहरू लिन कठिनाई भएको अवस्थामा सरकारले श्रम शून्यता पूर्ति गर्न सक्ने श्रम शक्ति पूल निर्माण गर्नुपर्दछ र त्यस्ता कार्यक्रम चलाउने कम्पनीहरूलाई वित्तीय प्रोत्साहन दिने जस्ता उपायहरू ल्याउनु पर्दछ “हेल्लो नेपाल कोरिया डटकम बाट शाभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *