कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउली माया “सार्वजनिक हुँदै

कोरिया समाचार

सौल दक्षिण कोरिया

बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउलि माया” बोलको गीत सार्वजनिक हुँदैछ। यहि कार्तिक महिनाको ५ गते युट्युब मार्फत सार्वजनिक गर्ने पूर्ण तयारी रहेको गायक दिल विश्वकर्माले जानकारी दिए।

उक्त गीतको शब्द प्रकाश न्यौपानेले लेखेका हुन् भने संगीत तिलक बस्नेतले गरेका छन् साथै गीतमा आवाज भने दिल विश्वकर्मा र मेलिना राईको रहेको छ।

एस एम एस फिल्मको उत्पादनमा रहेको उक्त म्युजिक भिडियोमा सुलेमान संकर “इक्कू, सगर लम्साल “बले” र आचल शर्माको बेजोड अभिनय रहेको छ। भिडियोको कोरियोग्राफ सुरेन्द्र बस्नेतले गर्नुको साथै मुस्कान ढकालले निर्देशन गरेका हुन्।

गायक दिल विश्वकर्माका अनुसार “गीतमा सम्पूर्ण टीमले अत्यन्त मेहनत गरेको हुनाले दर्शक तथा स्रोताले माया गरिदिनुहुनेछ भन्ने ठुलो आशा राखेको छन् “।

Leave a Reply

Your email address will not be published.