उत्तर कोरियाले विकास गर्यो आफ्नै प्रविधि को विधुतिय रेल!

कोरिया समाचार

सोल

उत्तर कोरियाले पहिलो पटक स्थानीय सामाग्रीहरुको प्रयोग गरेर रेल निर्माण गरेको छ ।

उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएका अनुसार उक्त रेल उत्तर कोरियाका प्राविधिकहरुले उत्तर कोरियाली सामाग्री प्रयोग गरि बनाएको स्तरिय स्थानिय उत्पादन भएको बताइएको छ ।

विद्युतबाट सञ्चालन हुने उक्त रेल कोरियाली प्रविधिको ६ एक्सेल भएको रेल हो । यो रेलमा उत्तर कोरियाली प्रविधि प्रयोग गरिएको र देशको रेलवे क्षमता विस्तार गर्न कोशेढुङ्गा सावित हुने समाचारमा बताइएको छ ।

केसिएनएका अनुसार उक्त रेल हालका लागि उत्तर कोरियामा मात्र प्रयोग गरिने छ । तत्काल उक्त रेल अन्तराष्ट्रिय बजारमा बिक्री गर्ने कुनै योजना उत्तर कोरियासँग नरहेको समेत केसिएनएले जनाएको छ ।

आन्तरिक यातायातलाई थप सुदृढ बनाउन उक्त रेलको महत्वपुर्ण भुमिका रहने बताइएको छ । विश्वभरबाट नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले त्यसलाई चुनौति तथा अवसरका रुपमा लिदै आफूलाई आन्तरिक सुदृढिकरण गर्दै प्रविधिमा आफूलाई अब्बल सावित बनाउदै आएको छ ।

पछिल्लो पटक सार्वजनिक रेल समेत त्यसैको उपज भएको विज्ञहरुले बताएका छन् ।हटपाटी

Leave a Reply

Your email address will not be published.