सामसुङ प्रमुखको निध’नप्रति राष्ट्रपति मुनको समवेदना , अन्त्ये’स्टी पारिवारीक माहोलमा हुने!

कोरिया समाचार

सोल

विश्व प्रख्यात कम्पनि सामसुङका प्रमुख ली कुन हीको निध’न प्रति दक्षिण कोरियाली राष्ट्रपति मुन जाई ईनले दु:ख ब्यक्त गरेका छन् । उनले मृ’तक हीको परिवार प्रति साहानुभुति सहितको शो’क सम’वेदना सन्देशको श्रव्य सामाग्री ही निवास पठाउने राष्ट्रपति कार्यालयले जनाएको छ ।

आइतबार ७८ बर्षको उमेरमा निध’न भएका ही प्रति सम’वेदना प्रकट गर्न राष्ट्रपति कार्यालयका आर्थिक विभाग प्रमुख ली हो सियोङ तथा उनका प्रमुख स्वकीय सचिव नोह योङ मीन ही निवास सामसुङ मेडिकल सेन्टर जाने भएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता काङ मिन स्योकका अनुसार शो’क सन्तप्त परिवारलाई साहानुभुति दिइएको उक्त श्रव्य सन्देश दिवङ्गतका परिवारलाई सुनाइने छ ।

ही सन् २०१४ बाट हृदयघा’त कारण अस्पतालमा रहेका थिए । दक्षिण कोरियालाई सन् १९५०-५३ को कोरियाली यु’द्द पश्चात आर्थिक सफलता हासिल गर्न हीको महत्वपुर्ण हात रहेको राष्ट्रपति कार्यालयले बताएको छ ।

यता कम्पनिले आफ्ना कम्पनि प्रमुखको शो’क कार्यक्रम पारिवारीक माहोलमा मात्र गरिने बताएको छ । कोरोना भाइरस संक्रमणको त्राश रहेकाले ठूलो शो’क सभा आयोजना नगरिने परिवारले जनाएको छ ।

उनको शो’क सभाको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई समेत निवार प्रवेशमा रोक लगाइएको छ ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *