गुरुदत्त न्यौपाने/ दक्षिण कोरिया
कोरियामा एक नेपालीको दुःखद नि’धनको खवर प्राप्त भएको छ।ईपिएस प्रकृया मार्फत करिव साढे तिनबर्ष देखी कोरियामा कार्यरत रहदै आएका उदयपुर जिल्लाका ज्ञानेन्द्र राईको कम्पनीमा काम गर्ने क्रममा द्रुघ’टना भई मृ’ त्यु भएको जनाइएको छ ।
कम्पनीमा संगै काम गर्ने उनकै सहकर्मी तिलक पुनका अनुसार आज सोमबार विहान करिव १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियन कामदारले चलाएको छिगेछाले च्यापेर निध’न भएको बताईएको छ।
मृतक राई ख्यङ्गसान नाम्दो,हाप्छनगुन एरियाको कङ्क्रिट सम्बन्धी सामान बन्ने कम्पनीमा विगत साढे तिन बर्ष देखि कार्यरत थिए ।
उनलाई सोमबार काम गर्ने क्रममा छिगेछाले च्यापेर उपचारका लागी नजिकैको अस्पताल पुर्याईएको भयतापनी अस्पतालले लगत्तै उनलाई मृ’ त घोषणा गरेको उनकै कम्पनीमा संगै काम गर्ने सहकर्मी पुनले जानकारी गराउनुभएको छ ।
उनको पार्थिव शरीरलाइ हाल नजिकैको अस्पतालमा राखिएको छ l
घटना बारे सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा अनौपचारिक जानकारी मात्र प्राप्त भएको बताउनु भयो lसोमबार हिन्दुहरुको महान पर्व दशैँ परेकोले मंगलबार मात्र विस्तृत जानाकारी प्राप्त हुने जानाकारी भएको छ।
घटनाको बारेमा एमटियु अध्यक्ष उदय राई,एनआरएन अध्यक्ष यज्ञराज सुवेदी लगायत सबैलाई जानाकारी गरिसकेको बताईएको छ भने नेपालमा परिवारलाई समेत खबर गरिसकेको उनका सहकर्मी पुनले बताउनुभयो।