दक्षिण कोरियामा फ्लू बिरुद्धको खोप लगाएका ८३ जनाको रहस्यमय मृ’ त्यु !

कोरिया समाचार

सोल

दक्षिण कोरियामा मौसमी फ्लु बिरुद्धको खोप लगाएकाहरु मध्ये ८३ जनाले ज्या’न गुमाएका छन् । देशको जनस्वास्थ्य विभागका अनुसार मृ’ तकहरु मध्ये अधिकांश ज्येष्ठ नागरिकहरु रहेका छन् ।

खोप लगाए पश्चात मानिसहरुको मृ’त्यु भए पछि कोरियाली नागरिकहरु हाल खोप लगाउन शशंकित बन्न थालेका छन् । यता कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्र ( केसिडिसी ) ले भने खोप लगाए पश्चात मृ’त्यु भएका ७२ जनामा खोपको कुनै हात नभएको बताएको छ भने ११ जनाबारे हाल अध्ययन भइरहेको छ ।

मृ’तकहरु मध्ये ३७ जना ७० बर्ष आसपासका रहेका छन् भने ३४ जना ८० बर्ष माथिका , ४ जना ६० बर्ष माथिका छन् भने ८ जना ६० बर्ष मुनिका छन् ।

केसिडिसीले भने मृ’तकहरुमा खोपको कुनै पनि हात नरहेको बताउदै जाडो मौसम अगावै खोप लगाइसक्न सबैमा अनुरोध समेत गरेको छ ।

हाल सम्म १ करोड १५ लाख बढीमा उक्त खोप लगाइसकिएको बताउदै केसिडिसीले उक्त खोपले शरिरमा एण्टीबडी निर्माण समेत गर्ने भएकाले जाडो अगावै खोप लिइसक्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

यो खोप मानिसमा कोरोना भाइरस संक्रमण रोक्न समेत प्रभावकारी हुने केसिडिसीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *