सामसुङका प्रमुख अब दक्षिण कोरियाकै धनी ब्यक्ति!

कोरिया समाचार

सोल

दक्षिण कोरियाली कम्पनि सामसुङका प्रमुख ली जाइ योङ आफ्ना पिता ली कुन हीको निध’न पश्चात दक्षिण कोरियाकै सबैभन्दा धनी ब्यक्ति बनेका छन् ।

आर्थिक सुचना सेवा एफएनगाइडका अनुसार लीसँग हाल सामसुङको ४.१८ प्रतिशत सेयर रहेको छ । हाल उक्त सेयरको मुल्य करिव १७.३ ट्रिलियन वोन रहेको छ ।

पिताको निधन अगावै ७.३ ट्रिलियन वोन सहित उनी दोश्रो धनी व्यक्तिका रुपमा रहेका थिए । उनकी आमा होङ रा ही ३.०७ ट्रिलियन वोन सहित पाँचौ स्थानमा रहेका छन् भने उनका दुई बहिनीहरु १.६६ ट्रिलियन वोन सहित १४ औँ स्थानमा रहेका छन् ।

यदि मृतक पिताको सम्पति समानुपातिक रुपमा वितरण गरिएमा मृतककी श्रीमति होङले ५.७८ ट्रिलियन वोन प्राप्त गर्ने छिन् भने छोरा छोरीले जनही ३.८५ ट्रिलियन वोन रकम प्राप्त गर्दछन् । यसरि सम्पत्ति भाग लगाउदा ली जाइ योङको सम्पत्ति ११.९१ ट्रिलियन वोन हुने छ । यससँगै उनी दक्षिण कोरियाकै धनी व्यक्ति बन्ने छन् ।

उनकी माता होङ ८.८४ ट्रिलियन वोन सहित दक्षिण कोरियाकै दोश्रो धनी व्यक्ति बन्ने छिन् । यता सामसुङ प्रमुख लीका बहिनीहरु ५.५२ ट्रिलियन वोन सहित तेश्रो धनी व्यक्तिका रुपमा रहने छन् ।

हुण्डाई कम्पनि प्रमुख चुङ मोङ को ४.२८ ट्रिलियन वोन सहित चौथो धनी तथा दुम काको प्रमुख किम ब्योम सु ४.१३ ट्रिलियन वोन सहित दक्षिण कोरियाका पाँचौ धनी व्यक्ति रहेका छन् ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *