उत्तर कोरियालाई आणविक हतियार मुक्त बनाउन लगानी गर्न वाइडेन तयार

कोरिया समाचार

सोल

संयुक्त राज्य अमेरिकामा आगामी कार्यकालका लागि निर्वाचित हुन लागेका डेमोक्र्याट जो वाइडेनले आफ्नो कार्यकालको महत्वपूर्ण समय उत्तर कोरियाको निशश्त्रीकरणका लागि खर्चने बताएका छन् । उत्तर कोरिया नितिका पुर्व प्रमुख जोसेफ युनले छेजुमा आयोजित एक कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

योनहाप समाचार संस्थालाई पठाएको एक प्रेस नोटमा समेत आफू कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न लागि पर्ने बताएका वाइडेनले आफ्नो चुनावी सम्मेलनमा आयोजित भाषणमा समेत उत्तर कोरिया मुद्दा उठाएका छन् । उनले भाषणका क्रममा दक्षिण कोरिया एक शशक्त राष्ट्र रहेको समेत बताएका छन् ।

युनका अनुसार वाइडेनले उत्तर कोरियाली नेता किम जोङ उनसँग ट्रम्पले जस्तै बाक्लो सम्मेलन नगरेता पनि निशश्त्रीकरण पहल भने जारी राख्ने छन् । उनका चुनावी सम्बोधनका क्रममा उत्तर कोरियाबारे कम टिप्पणी गरेका कारण उत्तर कोरिया प्रतिको अमेरिकी नितिमा परिवर्तन आउन सक्ने विज्ञहरुको आँकलन छ ।

आगामी जुलाई सम्म वाइडेनले उत्तर कोरियासँग सम्बन्धित मुद्दा हेर्ने कुनै योजना नभएको समेत विज्ञहरु बताउछन् । यता उत्तर कोरियाले भने सन् २०२१ को सुरुवातमा नै अन्तर महादेशीय ब्यालेष्टीक मिसाइल परिक्षण गर्ने तयारीमा रहेको श्रोतले बताएको छ ।hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *