सोल
दक्षिण कोरियामा एक्लै बसोबास गर्ने मानिसहरुमा मदिरापान गर्ने दर उच्च रहेको छ । पछिल्लो पटक गरिएको एक अध्ययन अनुसार कोरोना संक्रमण सुरु भए यता त्यस्ता मानिसहरुको संख्यामा भारी बृद्धि भएको छ ।
दक्षिण कोरियाली कृषि , खाद्य तथा ग्रामीण विकास मन्त्रालयले हालै गरेको एक अध्ययन अनुसार कोरोना भाइरस संक्रमण पश्चात ४३.३ प्रतिशतले मदिरापान को बानीलाई परिवर्तन गरेको बताएका छन् ।
उनीहरुले मदिरापान गर्ने स्थान समेत परिवर्तन गरेको बताएका छन् । अध्ययन अनुसार कुल दक्षिण कोरियालीहरु मध्ये करिव ८७.३ प्रतिशतले आफूहरु घरमा मात्र मदिरापान गर्ने गरेको बताएको मन्त्रालयले बताएको छ ।
ति मध्ये ६२ प्रतिशतले परिवारसँगै तथा एक्लै मदिरापान गर्ने गरेको मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ । कोरोना भाइरस अगाडी प्राय दक्षिण कोरियालीहरु परिवारसँग बसेर तथा एक्लै मदिरापान गर्दैनथ्ये ।
उनीहरु प्राय साथिहरु , स्टाफ तथा आफ्ना समकालीनहरुसँगै बसेर पिउने गर्दथे । उनीहरुको उक्त बानी कोरोना भाइरस संक्रमण पश्चात परिवर्तन भएको हो ।
विद्युतीय सवारी साधन निर्यातमा ह्युण्डाई विश्वकै चौथो ठूलो कम्पनि
सोल दक्षिण कोरियाली कार निर्माता कम्पनि घुण्डायीले आफ्नो उत्पादन र बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ । चालु बर्षको पछिल्लो ७ महिनाको मुल्याङ्कनका क्रममा कम्पनिको बिक्री विश्वमा नै चौथो नम्बरमा रहेको छ ।
कम्पनिले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार उसको बिक्री गत बर्षको सोही समयको तुलनामा २५ प्रतिशतले बढेको छ । जनावरी बाट जुलाई सम्ममा कम्पनिले ६० हजार ६०७ युनिट विद्युतीय सवारी साधनको बिक्री गरेको छ ।
तथ्याङ्क अनुसार अमेरिकी कार निर्माता कम्पनि टेस्ला १ लाख ९ १ हजार ९ ७१ युनिट बिक्री सहित सुचीको पहिलो स्थानमा रहेको छ । दोश्रो स्थानमा रेनल्ट निशान रहेको छ जसले सोही समयमा ८६ हजार १८ ९ युनिट सवारी साधन बिक्री गरेको छ ।
तेश्रो स्थानमा जर्मनिको भोल्क्सवागन रहेको छ जसको बिक्री ७५ हजार २२८ युनिट रहेको छ । चिनिया मोटर उत्पादक कम्पनि बिवाइडी ले ४२ हजार ३४० युनिट कार बेचेर पाचौं स्थानमा रहेको छ भने झुण्डायीकै शाखा कम्पनि किया मोटर्सले उक्त सुचीको आठौं स्थान ओगट्न सफल भएको छ ।
यता हाइड्रोजनमा आधारित इन्धन उत्पादन तथा विक्रीमा भने झुण्डायी कम्पनि विश्वकै पहिलो नम्बरमा रहेको छ । कम्पनिले सोही समयमा २८७ ९ युनिट बिक्री गरेको छ भने निकटतम प्रतिस्पर्धी जापानी कम्पनी टोयोटाले ४३ ९ युनिट बिक्री गरेको छ ।