दक्षिण कोरियाली सांगितिक ब्याण्ड बिटिएसले एमटिभी युरोप म्युजिक अवार्डमा थाप्यो उत्कृष्ठ गीत सहित ४ विधामा अवार्ड

कोरिया समाचार

दक्षिण कोरिया

दक्षिण कोरियाली सांगितिक ब्याण्ड बिटिएसले एमटिभी द्वारा आयोजित युरोप म्युजिक अवार्डमा उत्कृष्ठ गित सहित महत्वपुर्ण ४ विधामा पुरस्कार पाएको छ । सात सदसीय के-पप ब्याण्ड बिटिएसले आफ्नो नयाँ गित डाइनामाइट मार्फत उक्त अवार्ड घर ल्याएको हो ।

डाइनामाइटले उत्कृष्ठ गीतका अलावा बेष्ट भर्च्युअल लाइभको उपाधी समेत हात पारेको छ । बिटिएसले यी दुई अवार्डका अलावा उत्कृष्ठ समुह गायन तथा संसारकै सबैभन्दा ठूलो फ्यान भएको ब्याण्डको उपाधी समेत हासिल गरेको छ ।

के-पप ब्याण्ड बिटिएसले रोडी रिच लीपा, लेडी गागा, एरिना ग्राण्डी लगायतका विश्व चर्चित गायक तथा उनीहरुका गितलाई पछि पार्दै उक्त ४ अवार्ड घर भित्राएका हुन् ।

अवार्ड हात परेपश्चात संक्षिप्त प्रतिकृया जनाउदै ब्याण्डका सदस्य जङ्ककले यो कठिन समयमा दर्शकका लागि ल्याएको कोसेलीले यति धेरै माया पाएकोमा आफ्नो टिम अत्यन्तै खुसी भएको तथा उक्त जीत सिङ्गो कोरियाली जनताको जीत भएको प्रतिकृया दिएका छन् । आगामी दिनहरुमा अझ उत्कृष्ठ प्रस्तुति दिन आफूहरु लागि पर्ने समेत उनले बताएका छन् ।HOTPATI

बाइडेन निर्वाचित भएसँगै कोरियन वोनको मुल्य २१ महिनाकै उच्च

बाइडेन निर्वाचित भएसँगै दक्षिण कोरियाली मुद्रा २१ महिना यताकै उच्च रहेको छ । सोमबार एक अमेरिकी डलर को बिनिमय दर १,११९.३ वोन पुगेको छ । यस अघिको सर्वाधिक बिनिमयदर १,१२० वोन प्रति अमेरिकी डलर रहेको थियो ।

उक्त बिनिमयदर सन् २०१९ को फेब्रुअरी यताकै बढी रहेको दक्षिण कोरियाली विश्लेशकहरुले बताएका छन् । उनीहरुका अनुसार दक्षिण कोरियाली वोन मुद्राको मुल्य आगामी दिनमा अझ शशक्त हुनसक्ने बताएका छन् ।

बाइडेन प्रशाशनले आफ्नो कार्य योजनामा कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेका कारण डलरको मुल्य थप घट्न सक्ने विश्लेशकहरुले बताएका छन् । यदि त्यसो भएमा वोनको मुल्य बढ्ने निश्चित समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *