दक्षिण कोरियामा डाक्टरहरुको अभाव !

कोरिया समाचार

सोल

दक्षिण कोरियामा आगामी बर्ष नयाँ डक्टरहरुको अभाव हुन सक्ने भएको छ । राज्यद्वारा लिइने मेडिकल लाइसेन्स परिक्षामा करिव ८६ प्रतिशत योग्य विद्यार्थिहरु अनुपस्थित रहेपश्चात उक्त समस्या आउन सक्ने देखिएको हो ।

देशभरबाट मेडिकल शिक्षा अध्ययन गरिरहेका ३,१७२ विद्यार्थिहरु मध्ये २,७०० जना सीप परिक्षण तथा प्रयोगात्मक परिक्षामा अनुपस्थित रहेपश्चात उक्त समस्या आउन सक्ने देखिएको हो ।

उक्त परिक्षा तथा परिक्षण गत सेप्टेम्बरमा सञ्चालन गरिएको थियो । दक्षिण कोरियाली स्वास्थ्य मन्त्रालयले स्वास्थ्य नितिमा परिवर्तन गरेपश्चात विद्यार्थिहरु आन्दोलित भएका थिए ।

उनीहरुले सरकारी नितिको बिरुद्धमा परिक्षा नै नदिने सम्मको आन्दोलन गरेका थिए । मन्त्रालयले परिक्षाको मिति सार्दा समेत विद्यार्थिहरु परिक्षा दिन नगए पश्चात उक्त समस्या आउनसक्ने देखिएको हो ।

यता परिक्षा दिन आवेदन दिएका ४४६ जनाको लिखित परिक्षा भने सन् २०२१ को जनावरी ७-८ मा सञ्चालन गरिने छ ।

ति बाहेक बहुसंख्यक विद्यार्थिहरु अनुपस्थित भएका कारण आगामी बर्ष देशले मेडिकल विद्यार्थि नपाउनाले स्वास्थ्य क्षेत्रले समस्या भोग्नुपर्ने हुनसक्ने जानकारहरु बताउदछन् ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *