दक्षिण कोरियाली सरकारी कर्मचारी सडकमा, नयाँ नियम लागु गराउन हम्मे

कोरिया समाचार

सोल

दक्षिण कोरियालाई कोरोना रोकथाम अभियानका लागि विश्वकै नमुना देशका रुपमा चित्रीत गरिन्छ । संक्रमण दर तथा मृत्युदर न्युन राख्न सफल दक्षिण कोरियामा संक्रमण दर पनि उच्च रहेको छ ।

तर कतिपय नागरिकको बेवास्ताका कारण पछिल्लो समयमा संक्रमण बढीरहेको छ । शुक्रबार मात्र करिव २०० जना नयाँ संक्रमित फेला परेका छन् । पछिलिलो समयमा संक्रमण दर बढेसँगै सरकारले नयाँ संक्रामक रोग नियन्त्रण नियम लागु गरेको छ ।

आजैबाट लागु गरिएको उक्त नियम कार्यान्वयन गराउन हम्मे हम्मे परिरहेका बेला नागरिकलाई नयाँ नियमबारे अवगत गराउन नयाँ तरिका अपनाइएको छ । सार्वजनिक तथा भीडभाड हुने क्षेत्रमा बिहानैबाट सरकारी कर्मचारीहरु प्ले – कार्ड बोकेर उभिएका देखिएका छन् ।

सार्वजनिक स्थलमा मास्कको प्रयोग गर्न आनाकानी गर्नेलाई १ लाख वोन अर्थात करिव ९ ० अमेरिकी जरिमाना गरिने छ लेखिएका उक्त प्ले – कार्डले नागरिकलाई सचेत गराउन त्यसो गरिएको हो ।

त्यसका अलावा उनीहरुले ‘ कृपया मास्क लगाउनुस् ‘ भन्दै गीत समेत गाएका थिए । स्ल्यास तथा फ्लेयर बोकेका उनीहरुले मानिसहरुलाई सरकारी निर्णय सहितका पर्चा तथा मास्क समेत नागरिकलाई दिएका थिए ।

कतिपय नागरिकले भने सरकारले नियमित प्रशाशन सञ्चालन गर्न छोडेर कर्मचारीलाई पर्चा वितरणमा खटाएको प्रति आपत्ति जनाएका छन् ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *