सिओल
सनातन साहित्य सङ्गीत साधना समूह पाँच “स” दक्षिण कोरियाले यही मिति सन् २०२०डिसेम्बर ६ तारिकका दिन संस्थाको महाधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम कोरियाको ब्यस्त सहर तोङ्देमुनस्थित शुभेच्छा (मार्ट) रेस्टुरेन्टको सभाहलमा दिनको ठिक ११ बजे गर्ने भएको छ ।
पूर्वीय सनातन धर्म ,कला,संस्कार अनि संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि दक्षिण कोरियामा सङ्गठित गौरवमय संस्था सनातन साहित्य सङ्गीत साधना समूह ” पाँच-स” दक्षिण कोरिया विश्व मानव समुदायबिच नेपाली पहिचानका विषयहरुलाई परिचित गराउँदै साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने प्रयास भन्ने मूल नारालाई आत्मसाथ गर्दै “वयं राष्ट्रे जागृयाम” अर्थात् राष्ट्रको निम्ति हामी सबै जागौँ भन्ने भावनालाई बोकेर अघि बढिरहेको उक्त संस्था दक्षिण कोरियामा विभिन्न उद्देश्यले बसोबास गर्दै आइरहेका नेपाली हरुको एकमात्र विशुद्ध आध्यात्मिक सङ्गठन हो ।
यस संस्थाले स्थापना कालदेखि नै नेपालका मौलिक संस्का। कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न पार्नका लागि कोरियामा रहनुहुने बुद्धिजीवी ,व्यवसायी,पत्रकार तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अमूल्य सुझाव सल्लाहको अपेक्षा गर्दै गरिमामय उपस्थितिका लागि पाँच “स” दक्षिण कोरियाले हार्दिक निमन्त्रणा गरेको छ ।