दक्षिण कोरियाली के पप ब्यान्ड बिटिएसको नयाँ एल्बम ‘बि’ ९० बढी देशका आइट्युन चार्टको शीर्षस्थानमा

कोरिया समाचार

सोल

दक्षिण कोरियाली प्रख्यात के-पप साङ्गितिक ब्याण्ड बिटिएसको नयाँ साङ्गितिक एल्बमले साङ्गितिक तहल्का मच्चाएको छ । ब्याण्ड एजेन्सीका अनुसार बिटिएसको नयाँ एल्बम ‘ बि’ ले ९० देशका आइट्युन चार्टमा आफूलाई शीर्षस्थानमा राखेको छ ।

नोभेम्बर २० तारिखमा सार्वजनिक गरिएको उक्त एल्बम कोरियन भाषा स्टुडियोमा रेकर्ड गरिएको थियो । ब्याण्डको आधिकारिक सांगितिक कम्पनि बिग हिट इन्टरटेनमेन्टका अनुसार उक्त एल्बमले अमेरिका, बेलायत लगायतका देशका आइट्युन चार्टमा आफूलाई शीर्षस्थानमा राखेको हो ।

उक्त एल्बमको ‘लाईफ गोज अन’ बोलको शीर्ष गित हाल सर्वाधिक चर्चामा रहेको छ । ब्याण्डको चर्चित गित ‘डाइनामाइट ‘ समेत सोही एल्बममा राखिएको कम्पनिले बताएको छ ।

गित तथा एल्बमलाई सफल बनाउन सहयोग गर्ने दर्शकलाई धन्यवाद दिदै बिटिएसले यो एल्बमले कोरोना कहरबाट आक्रान्त मानिसहरुमा आशाको दीप जगाउन सहयोग गर्ने समेत बताएको छ ।hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *