सोल
तपाई बिमान किन चढ्नु हुन्छ? पक्का पनि कुनै नयाँ गन्तब्यमा सजिलै र चाँडै पुग्न । यदि तपाई बिमान चढ्नुहुन्छ र यात्रा पनि गर्नुहुन्छ त्यो पनि घण्टौँ भने पक्कै पनि तपाई धेरै टाढा पुग्नुहुन्छ ।
तर दक्षिण कोरियाका बिमान कम्पनिहरुले भने अचम्मको अफर ल्याएका छन् । उक्त अफर अनुसार तपाई बिमान चढ्नुहुन्छ, घण्टौँ सम्म उड्नु पनि हुन्छ तर गन्तब्य भने हुने छैन ।
सुन्दा अचम्म लागे पनि कोरोनाका कारण थला परेको बायुसेवा कम्पनिलाई जीवन दिन दक्षिण कोरियाली बायुसेवा कम्पनिहरुले नयाँ रणनिति लिएका छन् ।
उक्त रणनिति अनुसार अब बिमान कम्पनिहरुले टिकट कटाएर यात्रुहरुलाई तोकिएको समयावधिका लागि आकाशमा उडाउने र अवधि पुरा भए पश्चात सोही बिमानस्थलमा अवतरण गराउने छन् ।
हाल दक्षिण कोरियाली सरकारले उक्त योजनालाई स्विकृति दिने अन्तिम तयारी गरिरहेको छ । उक्त योजना अनुसार बिमानहरुले दुई देखि तीन घण्टा सम्म बिदेशी आकाशको प्रयोग गरि यात्रुलाई पुन: सोही बिमानस्थलमा अवतरण गराउने छन् ।
कोरियन एयर, एसियाना एयर, छेजु एयर, जीन एयर, टी वे एयर, बुसन एयर लगायतका बिमान कम्पनिले उक्त सेवा दिने छन् । इञ्चोन अन्तराष्ट्रिय बिमानस्थलबाट उक्त प्रकारको उडान गराईने अधिकारीले बताएका छन् ।
बिमानस्थल प्रवेश पश्चात यात्रुले ६०० डलर बराबरको ड्युटि फ्री सामान किन्न सपाइने, ४०० डलर बराबरको मधिरा, २०० वटा सम्म चुरोट तथा ६० मिलिलिटर पर्फ्युम समेत खरिद गर्न पाउने छन् ।हटपाटी